News Portal

  • सांसद प्रेम सुवालको आरोप – प्रधानमन्त्री ठगहरुको घेरामा परे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    १४११ पटक
    भक्तपुर, ३ फागुन

    नेमकिपा सचिव समेत रहेका प्रतिनिधि सभाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई ठगहरुले घेरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली ठगहरुको चंगुलमा परेको उनको भनाइ छ ।

    शनिवार प्रम ओलीले आफ्नो दुई वर्षे कार्य समिक्षा संसदमा सुनाएपछि बोलेका सांसद सुवालले शहिदका आमाहरुको हवाला दिंदै नेताहरु ठेकेदार, डोजर टिपर मालिक भएर पैसा कमाइरहेको र ३ करोडमा २ करोड आफ्नै खल्तीमा राखिरहेको सुनाए । उनले सोही क्रममा प्रधानमन्त्री ठगहरुकै घेरा भित्र रमाइरहेकाले फेरी लडाई होला जस्तो लागेको बताए ।

    उनले भक्तपुरका जनताको भनाइ राख्दै संसदमा भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइन स्थल बनाउनु र नगरकोट सडक नबनाउनु भक्तपुरको पर्यटन समाप्त पार्नु भएको भनेका छन् । त्यतिमात्र होइन, यो कार्य स्थानीय जनतालाई भगाउनु भएको समेत उनको भनाइ छ । उक्त क्रममा उनले राजधानीलाई काठमाडौ उपत्यका बाहिर लानुपर्ने आवस्यकता समेत औल्याएका थिए ।

    सांसद सुवालको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले संसदमा भने, ”क्वारेन्टाइन स्थल ७७ जिल्ला मध्ये एउटामा त राख्न पर्यो ? कसैले आफ्नोमा राखौ नभन्ने । त्यसैले मैले मेरै जिल्लामा राख्ने निर्णय लिए । भक्तपुर मेरो पनि गृह जिल्ला हो ।”

    उनले बिरामीलाई नेपाल नल्याइएको बताउदै त्यैपनि बाटोमा संक्रमण भए/नभएको यकिन गर्न क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको जानकारी गराए । सांसद सुवालको अन्य प्रसंगमा भने प्रम ओलीले उत्तर दिएनन । संसदमा सांसद सुवाल बोलिरहँदा प्रम ओली गम्भीरतापूर्वक सुनिरहेका देखिन्थे ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...