News Portal

  • इतिहास रच्दै मछिन्द्र क्लव बन्यो लिग च्याम्पियन

    भक्तपुरपोष्ट संवाददाता३ फागुन २०७६
    १०८९ पटक
    ३ फागुन २०७६

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको हो ।

    च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको हो । आर्मी भने दोस्रोपटक दोस्रो भएको छ। यसअघि २०६३ सालमा पनि आर्मी लिगको दोस्रो स्थानसम्म पुगेको थियो । मछिन्द्र क्लबले आर्मी विरुद्ध खेलको पहिलो हाफमै अग्रता बनाएको थियो ।

    मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो।उक्त गोल बचाउन खोज्दा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएका छन् । उनी चोटग्रस्त भएपछि आर्मीले उनको स्थानमा विवस चौधरीलाई मैदान प्रवेश गराएको थियो ।

    विकेशको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना उपचार भइरहेको छ।३४ औं मिनेटमा आर्मीका विकास तामाङले रोक्न खोजेको बलले पोष्ट चुमेपछि मछिन्द्रले गोल उपहार पाएको थियो ।उपहार पाएको बलमा अग्रता बनाएको मछिन्द्र विरुद्ध आर्मीले गोलको अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्येहोर्न पुग्यो।

    यद्यपि मछिन्द्रले गरेका दुई गोल रेफ्रिले अफसाइड करार गरेका थिए ।पराजित आर्मीका खेलाडी खेल पछि रुदै मैदानमा लडेका थिए भने दर्शकले मछिन्द्रका लागि सेलिब्रेसन गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...