News Portal

  • नेपालमा नोभेल कोरोना भाइरस(कोभेड-१९) को आधिकारिक अपडेट (मिडियामा पहिलोपटक)

    भक्तपुर पोस्ट विशेष ब्युरोभक्तपुर, ६ फागुन
    १५४८ पटक
    भक्तपुर, ६ फागुन

    नोभेल कोरोना भाइरस(कोभेड-१९)का कारण छिमेकी देश चीनको विशेषगरी हुवेइ प्रान्तको वुहान र आसपासको जनजीवन ज्यादै कष्टकर बनेको छ । मंगलवारसम्ममा त्यहाँ १७७२ जनाको ज्यान गैसकेको छ भने ७० हजार ६ सय ३५ जनामा संक्रमणमा परेका छन् । चीन बाहेक फिलिपिन्स,जापान र फ्रान्समा गरी ३ जनाले ज्यान गुमाउदा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७७५ पुगेको छ ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार चीनको वुहानबाट उद्धार गरी स्वदेश फ़र्काइएका नेपालीहरुमा यसको संक्रमण देखिएको छैन । भक्तपुरको खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना मध्ये कसैलाई पनि रोगको लक्षण समेत नदेखिएको श्रोतको दावी छ । ”स्वास्थ्य जाँच गर्दा सबै सन्चै देखिएका छन् ।” श्रोतले भन्यो ।

    यद्यपी भक्तपुर पोस्टलाई प्राप्त सरकारी तथ्याङ्क अनुसार भने नेपालमा यस रोगको लक्षणका आधारमा ३५ वटा नमूना जाँच भैसकेका छन् । यो जाँच टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालको जाँच बाट शंका लागेको अवस्थामा कन्फम गर्नका लागि गरिने जाँच भएको बताइएको छ । हंगकंग लगेर नमूना जाँच गरिएका ३५ केसमा ३४ वटामा ‘नेगेटिभ’ अर्थात कोभिड-१९ को संक्रमण नभएको पुष्टी भएको छ भने एउटा केशमा भने रोग लागेको रिपोर्ट आएको बताइएको छ ।

    ति संक्रमण देखिएका बिरामी सरकारले उद्धार गरी भक्तपुरमा राखेका नागरीक भने होइनन । निजी भ्रमण गरी चीनबाट फर्केका उनमा रोग प्रमाणित भएपनि हाल सन्चो भैसकेको बताइएको छ ।

    भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका चीनबाट उद्धार गरी ल्याइएका विद्यार्थी र नगरकोट क्वारेन्टाइनमा रहेका उनीहरुलाई उद्धार गर्न गएका नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण ए३३०’ का क्याबिन क्रु को स्वास्थ्य भने राम्रो रहेको जानकारी प्राप्त भएको छ । आइतवार विहानदेखि उनीहरु क्वारेन्टाइनमा रहेका छन् ।

    सरकारले क्वारेन्टाइनमा डब्लुएचओको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ‘आइसाेलेसन वार्ड’मा हुने जस्तै भौतिक र मेडिकल सुबिधा उपलब्ध गराएको दावी गरिएको छ । रोग प्रमाणित हुने अवस्था नदेखिएपनि सरकारले क्वारेन्टाइनको ब्याक अपका लागि ३ वटा अस्पतालमा रोग देखिएमा राख्न ‘आइसाेलेसन वार्ड’ तयारी अवस्थामा राखेको छ । भक्तपुर पोस्ट श्रोतका अनुसार टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग नियन्त्रण अस्पताललाई पहिलो प्राथमिकतामा राखिएको छ भने दोश्रोमा पाटन अस्पताल परेको छ । यि दुई अस्पतालले चाप धान्न नसके सशस्त्र प्रहरी बलको अस्पतालमा तेस्रो विकल्पको रुपमा ‘आइसोलेसन वार्ड’ राखिएको छ ।

    यद्यपी अहिले सम्मको अवस्था हेर्दा क्वारेन्टाइन बाट आइसोलेसन सम्म लानुपर्ने अवस्था समेत नदेखिएको जानकारी प्राप्त भएको छ । तैपनि क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म बाहिर नपठाइने व्यवस्था सहित सावधानी अपनाइएको छ ।

    मंगलवार क्वारेन्टाइनमा राखिएको तेस्रो दिन भएको छ र सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव खगराज बराल सहितको टोलीले क्वारेन्टाइन क्षेत्रको बाहिरी अवस्था स्थलगत अवलोकन गर्नुका साथै भित्री अवस्थाबारे पनि जानकारी लिएको छ । मन्त्रीको टोलीलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा रहेको जिल्लाको टोलीले सहजीकरण गरेको थियो । उक्त टोलीले समेत क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै खुशी व्यक्त गरेको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस्

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...