News Portal

  • खरिपाटी क्वारेन्टाइनको यस्तो छ पछिल्लो अवस्था : १४ दिनको बसाइ लम्बियो

    संजीप शुभचिन्तक भक्तपुर, १७ फागुन
    १४९१ पटक
    भक्तपुर, १७ फागुन

    चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले भक्तपुरस्थित क्वारेन्टाइनमा राखेको १४ दिन भएको छ । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन बनाइ उनीहरुलाई राखेको १४ दिन पुगेको हो ।

    यस बीच क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । क्वारेन्टाइन श्रोतले भक्तपुर पोस्टलाई जानकारी गराए अनुसार १४ दिन क्वारेन्टाइनमा राखे पछि घर फर्काउने भनिएपनि उनीहरुलाई कहिले घर पठाउने भन्ने आधिकारिक निर्णय हुन भने सकेको छैन ।

    शनिवार विहान स्वास्थ्य मन्त्रलायका सचिव सहितको टोली क्वारेन्टाइन स्थलमा आएको थियो । अन्तिम स्वास्थ्य परीक्षण गरेर मात्र क्वारेन्टाइनमा रहेका सबैलाई घर पठाउने सरकारले निर्णय गरेपछि अन्तिम परीक्षणका लागि घाटीको नमूना संकलन गरी प्रयोगशाला पठाइएको छ । क्वारेन्टाइन श्रोतले जनाए अनुसार उक्त नमूनाको रिपोर्ट सोमबार सम्म आइपुग्ने अपेक्षा गरिएको छ । ”सोमबारसम्म क्वारेन्टाइनको बसाइ लम्बिएको छ । त्यसपछि सरकारले विशेष कार्यक्रम गरी बिदाइ गर्ने मिति बारे निर्णय लिनेछ ।” श्रोतले भक्तपुर पोस्ट संग भन्यो ।

    क्वारेन्टाइनमा रहेका सबैजना लाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम राखिएको छ । मेडिकल डाक्टरको विशेष टोलीले उनीहरुमाथि निगरानी गरिरहेको बताइएको छ । विद्युत प्राधिकरणको चारवटा भवन प्रयोग गरी बनाइएको क्वारेन्टाइनमा सिसिक्यामरा, टेलिभिजन, स्पीकर, वाइफ़ाइ जडान गरिएको छ । दैनिक आवश्यक सबै सामग्री सरकारले उपलब्ध गराउनुका साथै भलिबल, क्यारेमबोर्ड लगायत पर्याप्त खेल सामाग्री समेत व्यवस्था गरिदिएको छ । सबैजनालाई सरकारले सिम कार्ड समेत उपलब्ध गराई परिवारको सम्पर्कमा रहन सहयोग गरेको छ ।

    क्वारेन्टाइनमा रहेकाहरु खुशी देखिएका छन् । सरकारले उनीहरुलाई कुनै पनि कुरामा सम्झौता नगरेको बताइएको छ । घर जाने दिनको ब्यग्र प्रतिक्षामा रहेका उनीहरु दोश्रो चरणको टेस्टबाट पनि निरोगी प्रमाणित हुने कुरामा ढुक्क देखिएका छन ।

    भक्तपुर पोस्टलाई प्राप्त सरकारी तथ्याङ्क अनुसार नेपालमा नोभेल कोरोन भाइरस (कोभेड १९) रोगको लक्षणका आधारमा हालसम्म २ सय २४ वटा नमूना जाँच भैसकेका छन् । यो जाँच टेकुस्थित सरुवा रोग नियन्त्रण अस्पतालको जाँच बाट शंका लागेको अवस्थामा कन्फम गर्नका लागि गरिने जाँच भएको बताइएको छ । हंगकंग लगेर नमूना जाँच गरिएका हुन् । २ सय २४ केसमा एउटा बाहेक सबैमा ‘नेगेटिभ’ अर्थात कोभिड-१९ को संक्रमण नभएको पुष्टी भएको छ भने एउटा केशमा भने रोग लागेको रिपोर्ट आएको बताइएको छ । ति संक्रमण देखिएका बिरामी सरकारले उद्धार गरी भक्तपुरमा राखेका नागरिक भने होइनन । निजी भ्रमण गरी चीनबाट फर्केका उनमा रोग प्रमाणित भएपनि हाल सन्चो भैसकेको बताइएको छ ।

    हेर्नुस् स्वास्थ्य अवस्थाको ताजा परिणाम

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...