News Portal

  • सूर्यविनायकका वडाहरुको अपिल : बिदेशबाट आएकाको जानकारी दिनुस्

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० चैत
    २२५१ पटक
    भक्तपुर, १० चैत

    कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न संघीय सरकारले लक डाउन गर्ने निर्णय गरेसंगै भक्तपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि संक्रमण जोखिम प्रति सचेत देखिएका छन् ।

    सूर्यविनायक नगरपालिकाका केहि वडाहरुले आफ्ना वडा भित्र कोभिड १९ संक्रमणमा परेका देशबाट कोही आएका भए जानकारी गराउन सार्वजनिक सूचना नै जारी गरेका छन् । सोमबार वडा नम्बर ७ गुन्डूका वडा अध्यक्ष रविन्द्र सापकोटाद्वारा जारी सूचनामा कोभिड १९ संक्रमणमा परेका देशबाट २ हप्ता भित्र कोही आएर वडा भित्र बसेको जानकारी भए सूचित गर्न भनिएको छ । सूचनामा सापकोटाले आफ्नो, वडा सचिवको र स्वास्थ्य चौकी प्रमुखको मोबाइल नम्बर नै उपलब्ध गराई जानकारी गराउन अनुरोध गरेका हुन् । त्यतिमात्र होइन, उनले आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न वडावासीलाई अपिल समेत गरेका छन् ।

    सोमबार सूर्यविनायक नगरपालिकाकै वडा नम्बर १० चित्तपोलले पनि सार्वजनिक सूचना जारी गर्दै कोभिड १९ संक्रमणमा परेका देशबाट कोही आएका भए जानकारी गराउन अनुरोध गरेको छ । वडा अध्यक्ष शिवराम राउतले एक सूचना जारी गर्दै उक्त अनुरोध गरे ।

    फ्रान्स बाट चैत पाँच गते काठमाडौं आएकी एक १९ वर्षिय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सूर्यविनायकका वडा अध्यक्षहरु आफ्ना वडामा सम्भावित संक्रमण नहोस् भन्ने कुरामा सचेत देखिएका हुन् ।

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...