News Portal

  • जगातीमा लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक,१२ चैत
    ४१८८ पटक
    सूर्यविनायक,१२ चैत

    अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै  रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    तेल सकिएपछि रोकी राखेको ना ६ ख ११०३ नं को ट्रकलाई मंगलवार राती मोटरसाइकलले पछाडी बाट टक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका. घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने बर्ष २८ को उत्तर ब.तामाङ रहेका छन् । गएराती करिब सवा ९ बजे दुर्घटना पछि घाइते भएका उनलाई प्रहरीले उद्धार गरी इवामुरा अस्पताल पुर्याएको थियो । राती करिब ९ : ३५ बजेको समयमा अस्पतालले उनलाई मृत घोषित गरिदिएको डीएसपी दिपक गिरीले जानकारी दिए ।

    डीएसपी गिरीका अनुसार सूर्यबिनायकबाट जादै गरेको बा ९० प ४०४० नं को मोटरसाइकलले ट्रकलाई पछाडीबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार जुगल गाउँपालिका नै घर भई हाल कमलविनायक बस्ने वर्ष २८ को आकाश तामाङ गम्भीर घाइते भएका छन् । उनलाई इवामुराबाट राती नै केएमसी अस्पताल रिफर गरिएको छ भने ११ वर्षिया कोलसङ डोल्मा तामाङ उपचार पश्चात राती नै डिस्चार्ज भैसकेकी छन् ।

    देश लक् डाउनमा रहेका बेला उनीहरु किन बाहिर निस्किए भन्ने बारे थाहाँ हुन सकेको छैन । बाटो खाली भएका कारण तीब्र गति लिंदा रोकिराखेको ट्रकमा ठोक्किन पुगेको प्रहरीको आशंका छ । दुवै सवारी साधन र ट्रक चालक चितवनको भरतपुर १६ बस्ने वर्ष २६ को दुर्गा ब तामाङलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...