News Portal

  • ज्वरो परिक्षणको रिपोर्ट अनलाइनबाट पठाउनु : भक्तपुर नगरपालिका

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १३ चैत
    २०७५ पटक
    bhaktapur municipalityभक्तपुर, १३ चैत

    भक्तपुर नगरपालिकाले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेका हुन् ।

    देश बन्दाबन्दीमा भएको तेस्रो दिन बिहीवार नगरपालिकाले औपचारिक बक्तब्य मार्फत अनुरोध पत्र बाहिर ल्याएको हो । सिङ्गो देश कोरोना भाइरस विरुद्धको अभियानमा रहेको भन्दै नगरपालिकाले सबै नगरवासीलाई कोरोनाविरुद्धको अभियानमा एकतावद्ध भएर लड्न अपिल समेत गरेको छ ।

    कोरोनाविरुद्धको अभियानमा सबै लाई एकजुट हुन आह्वान गरेको नगरपालिकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गर्नुको साथै नगरपालिकासंग इमेल मार्फत सम्पर्कमा रहन भनेको छ । विदेशबाट आएकाले आफूले नै विचार गरेर जिम्मेवार भई सुरक्षित रुपमा तोकिएको समयावधिसम्म घरमै स्वयं निगरानीमा बस्न र आफ्नो ज्वरो परिक्षणको रिपोर्ट अनलाइन फारमबाट पठाउन नगरपालिकाले अनुरोध गरेको हो। नगरपालिकाले स्वास्थ्य र सरसफाइका कर्मचारीलाईसमेत कार्यस्थलमा खट्न अनुराेध गरकाे छ भने दैनिक उपभोग्य सामग्रीहरु बिहान ४ः०० बजेदेखि ७ः०० बजेभित्रै खरिद गर्न अनुरोध गरेको छ ।

    नगर प्रमुख प्रजापतिद्वारा प्रेसित बक्तव्यमा मूख्यत: निम्न पाँच अनुरोध गरिएको छ :

    १) अति आवश्यक काममा बाहेक घरबाट ननिस्कनुहुन,
    २) विदेशबाट घर फर्केकाहरुको विवरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुहुन,
    ३) विदेशबाट आएका महानुभावहरु आ–आफूले नै विचार गरेर जिम्मेवार भई सुरक्षित रुपमा तोकिएको समयावधिसम्म घरमै स्वयं निगरानीमा बस्नुहुन र आफ्नो ज्वरो परिक्षणको रिपोर्ट अनलाइन फारमबाट जनस्वास्थ्य केन्द्र च्याम्हासिँह ([email protected]) नगरपालिकामा ([email protected] ) मा पठाउनु हुन,
    ४) दैनिक उपभोग्य सामग्रीहरु जिल्ला प्रशासन कार्यालयले तोकेको समयावधि (बिहान ४ः०० बजेदेखि ७ः०० बजे) भित्रै खरिद गर्नुहुन,
    ५) सरसफाइमा खटिएका कर्मचारीहरु तथा जनस्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरु अझ जिम्मेवारीपूर्वक आ–आफ्नो कार्यस्थलमा खट्नुहुन ।

    हेर्नुस् नगरपालिकाकाे अनुराेध पत्र

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...