News Portal

  • भक्तपुर सिडिओ कार्यालयले उपत्यका बाहिर सवारी पासकाे अनुमति नदिने

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १९ चैत
    २२२९ पटक
    भक्तपुर, १९ चैत

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो ।

    मंगलवार एक सूचना सार्वजनिक गर्दै जिप्रका भक्तपुरले यस अघि दिंदै आएको सवारी पास अनुमति पत्र लाई नियन्त्रित गर्दै उपत्यका बाहिरका जिल्लाका लागि जारी नगर्ने जनाएको छ । चैत १८ गतेदेखि उक्त सेवामा रोक लगाइएको जिप्रका भक्तपुरले जनाएको हो ।

    सरकारले आदेश गरेको बन्दाबन्दीको एक साता वित्दा पनि उपत्यका छाड्नेक्रम नरोकिएपछि जिप्रकाले उक्त निर्णय गरेको हो ।

    अत्यावस्यक ठहरीय उपत्यका भित्र भक्तपुर, काठमाडौं र ललितपुर जिल्लाका लागि भने सवारी पास दिने काम नरोकिएको बताइएको छ । भक्तपुर जिल्ला भित्र र बाहिरका पत्रकारका लागि भने सूचना बिभागले जारी गरेको परिचय पत्रको आधारमा सवारी पास अनुमति पत्र प्रदान गरिने जिप्रका भक्तपुरले जानकारी गराएको छ ।

    त्यसैगरी मंगलवार नै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी गरिएको आदेशमा चैत २५ गते राती १२ बजेसम्म लाई लक डाउनको घोषणा गरिएको छ भने खाद्यान्न र तरकारी लगायतका पसललाई खुकुलो बनाउदै यस अघि चैत ११ मा जारी गरिएको ‘तोकिएको समय सम्म खोल्ने’ व्यवस्था हटाइएकाे छ ।यस्ता पसलहरु खोल्न समयको बन्देज लगाइएको छैन ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...