News Portal

  • मन्त्री ढकालविरुद्ध सांसद पौड्यालले दिए अख्तियारमा उजुरी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ चैत
    ८६० पटक
    भक्तपुर, १९ चैत

    महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको आरोप लगाउदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको हो ।

    बजार मूल्यभन्दा चार गुणासम्म महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको अभियोग लगाउदै विवेकशील नेपाली दलका रमेश पौड्यालले मन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन् । उजुरीकर्ता पौड्याल बागमती प्रदेशसभा सदस्यसमेत हुन् ।

    प्रदेश सांसद पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएको बताएका छन् । ”अख्तियारको प्रवक्ताले उजुरी दर्ता भएको जानकारी गराउनु भएको छ ।” उनले भने ।

    मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको, कामै नलाग्ने र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीमा किनेको लगायतको विषय उजुरीमा उल्लेख गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...