News Portal

  • मिडियामा बोलेको भन्दै टेकुका वरिष्ठ डाक्टरलाई कारवाहीको तयारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ वैशाख, २०७७
    ११४४ पटक
    भक्तपुर, ६ वैशाख, २०७७

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ डाक्टरलाई सरकारले कारवाहीको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक स्पष्टिकरण सोध्दै डाक्टर शेर बहादुर पुनलाई कारवाहीको तयारी गरेको हो ।

    श्रोतका अनुसार कोरोनाको सम्बन्धमा मिडियामा बोलेको कारण मन्त्रालय उनीदेखि असन्तुष्ट रहदै आएको छ । बिगत १५ वर्ष देखि उक्त अस्पतालमा कार्यरत डा पुनले सरुवा रोग सम्बन्धमा पिएचडी गरेका छन् ।

    डा. पुनलाई कोरोनाबारे सूचना दिएको, बिरामीका गोप्य विवरण पत्रकारलाई उपलब्ध गराएको विषयमा कारवाही किन नगर्ने भनि स्पष्टिकरण सोधिएको बताइएको छ । हाल टेकुअस्पतालमा रही कोरोना बिरुद्ध लागिरहेका डा. पुनले पुष महिनामै चीनमा सार्स जस्तो रोग देखिएकाले नेपालले सचेतता अपनाउनुपर्ने भन्दै लेख लेखेका थिए भने उनी सरकारी तयारीबारे मिडिया मार्फत असन्तुष्टि व्यक्त गरेका थिए । उनलाई सोधिएको स्पष्टिकरण बेमौसमी भएको भन्दै स्वास्थ्य मन्त्रालयको आलोचना भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...