News Portal

  • चाँगुनारायणमा ४ जना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता चागुँनारायण, २० जेठ
    २५७५ पटक
    चागुँनारायण, २० जेठ

    भक्तपुरमा ४ जना संक्रमित सन्चो भएर घर फ़र्किएपछि शुन्य अवस्थामा रहेको संक्रमितको संख्या एकैपटक ह्वात्तै बढेको छ । भक्तपुरमा मंगलवार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    चाँगुनारायण नगरपालिका वडा नं. ३ को झौखेल निवासी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी) अस्पतालमा प्रसुतीका लागि पुगेकी ३० वर्षिया ति महिलाको कोरोना टेस्ट गर्दा पोजेटिभ देखिएको हो ।

    त्यसैगरी सोही अस्पतालका एक चिकित्सक र तीन नर्स पनि कोरोना संक्रमित बनेका छन् । केएमसी अस्पताल श्रोतले भने उनीहरु दुवाकोटस्थित अस्पतालका मेडिकल स्टाफ नभएको दावी गरेको छ । ”सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सक, दुई जना स्टाफ नर्स कोरोना संक्रमित भएका हुन् ।” श्रोतले भन्यो ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार केही दिन अघि केएमसीमा परीक्षण तथा शल्यक्रिया भएका एक बिरामीको कोरोना पोजेटिभ देखिएपछि उनको उपचारमा आवद्ध टोलीलाई चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट स्थित केएमसीको होस्टलमा क्वारेन्टाइन बनाएर राखिएको थियाे । तीनैमध्ये मंगलवार १ चिकित्सक र २ स्टाफ नर्समा कोरोना पुष्टि भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...