News Portal

  • भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार
    २८०६ पटक
    भक्तपुर, ४ असार

    भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । यस अघिका सबै संक्रमित निको भै घर फर्किसकेको भक्तपुरमा ३ स्थानीय सहित आधा दर्जन नयाँ संक्रमित फेला परेका हुन् ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर पोस्टलाई बताए अनुसार नयाँ संक्रमित हुनेमा एक जना प्रहरीसमेत परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नै संक्रमित देखिएका हुन् । प्रहरीमा संक्रमण देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिंग गरी संकास्पद सबैलाई निगरानीमा राखिएको प्रजिअ पाण्डेले बताइन ।

    त्यसैगरी चाँगुनारायण नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहेकी एक किड्नीकी बिरामीमा कोरोना पोजेटिभ देखिएको छ भने भक्तपुर नगरपालिका चोंछें मुलाछेंका एक स्थानीय युवकमा समेत कोरोना पोजेटिभ पाइएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमले जानकारी गराइन । उनीहरु सबैको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

    भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ३ जनामा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार कुबेतबाट आएका २ र युएइबाट आएका १ जनामा संक्रमण पुष्टि भएको हो । कुबेतबाट आएका २ मध्ये १ लाई त्रिभुवन विमानस्थलमै कोरोना देखिएको थियो । उनीहरु सबै भक्तपुर बाहिरका हुन् ।

    प्रजिअ पाण्डेका अनुसार संक्रमित पुष्टि भएकाहरुको सम्पर्कमा रहेका कतिपय मानिसहरु होल्डिंग सेन्टरबाट घर गएकाले उनीहरुको पहिचान गर्ने काम भैरहेको छ । खरीपाटी क्वारेन्टाइनमा भने अहिले १ सय ३ जना बसिरहेका प्रजिअ पाण्डेले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...