News Portal

  • फल्चाको शिलान्यास गर्दै मेयरले भने, ‘भक्तपुरबाट अरु स्थानीय तहले पनि सिक्न चाहेका छन्’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० साउन
    ९८९ पटक
    भक्तपुर, १० साउन

    भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीस्थित दुवेङ्क फल्चाको  शनिबार शिलान्यास भएकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  दुवेङ्क फल्चाको  शनिबार शिलान्यास गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा प्राप्त जनश्रमदान र आर्थिक सहयोगका कारण अनुमानित भन्दा आधा बजेटमा जीर्णोद्धार सम्पन्न भएको बताउदै नगरबासीकाे साथ र सहयाेगले आफूहरु उत्साहित रहेकाे बताए । सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षणमा भक्तपुरले गरेको काम र शैलीबाट अरु स्थानीय तहहरुले पनि सिक्न चाहेका खुलासा गर्दै यसकाे श्रेय जनतालाइ जाने उनकाे भनाइ छ ।

    ठेकेदारमार्फत हुने विकास निर्माणका कार्यहरु कमजोर र कम गुणस्तरका हुने भन्दै उनले भक्तपुर नगरपालिकाले उपभाेक्ता समितिमार्फत निर्माणका कार्यहरु गर्ने गरेकाे जिकिर गरे । उनले यहाँका उपभाेक्ता समितिकाे इमान्दारीता उदाहरणीय रहेकाे भन्दै भक्तपुरको वातावरण र कला संस्कृति संरक्षणको लागि आवश्यक कानुन बनाइ अगाडि बढ्ने योजना रहेकोसमेत उद्घाेष गरे ।

    भक्तपुर नपाको आ.व. २०७७÷७८ को वार्षिक बजेट रु. १ अर्ब ८२ करोड रहेको र बजेटका रकम नगरको विकास निर्माणमा प्रयोग हुनुका साथै नगर र नगरबासीहरुको हितमा प्रयोग हुने उनले प्रतिबद्धतासमेत प्रकट गरेका थिए  ।

    उक्त अवसरमा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले जनश्रमदान तथा आर्थिक सहयोगको लागि आह्वान गरे ।

    कार्यक्रममा नेमकिपा वडा नं. ८ का इन्चार्ज कृष्णप्रसाद कोजु, दुवेङ्के फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल र स्थानीय राजन फेलुले पनि विचार ब्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...