News Portal

  • कार्यकक्षमै कुटिए सूर्यविनायकका प्रेम सञ्जेल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन
    ११२० पटक
    भक्तपुर, १५ साउन

    भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका निजामति सेवाका उपसचिव प्रेम सञ्जेल कार्यकक्षमै कुटिएका  छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएकाे हाे ।

    सञ्जेलमाथि विदाका दिन शनिवार कुटपिट भएकाे हाे । कार्यालयमा कार्यरत  कर्मचारीले उनीमाथि कुटपिट गरेका प्रहरीकाे भनाइ  छ ।उक्त कार्यालयमा करार सेवामा कार्यरत २ कर्मचारीले कुटपिट गरेका र  सञ्जेलकाे अनुहारमा चाेटपटक समेत लागेकाे बताइएकाे छ । उनीहरुले बिहान  कार्यकक्षमै सञ्जेललाइ पञ्चिङ मेसिन, चप्पल,  लगायतले प्रहार गरी घाइते पारेपछि प्रहरी पुगेकाे थियाे ।

    प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कार्यालय सहयाेगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइराला रहेकाे प्रहरीले जनाएकाे छ ।

    उपसचिव सञ्जेलले काममा पेलेको र गालीगलौज गरेको कर्मचारीहरुकाे आराेप छ । मानिसहरुले भने गलत धन्धा गर्नेकाे काम नभएपछि षडयन्त्रपूर्वक कुट्न लगाएकाे हुनसक्ने आशंका गरेका छन् । प्रहरीले आवश्यक अनुसन्धान भैरहेकाे भनेकाे छ । उपसचिव सञ्जेल सामाजिक संजालमा चर्चित भ्रष्टाचार विराेधी अभियन्ता हुन् । उनले सूर्यविनायक ५ तजटाेलकाे गाेरेटाे बाटाेमा ३ आना जग्गा लिएका भएपनि घर बनाउन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...