News Portal

  • भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १९ साउन
    १८३५ पटक
    भक्तपुर, १९ साउन

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् ।

    सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै उनको सक्षम र सफल कार्यकालको शुभकामना समेत दिएकी छन् । उक्त अवसरमा नेपाली सेना वीरदल गणका गणपती शिवप्रसाद पौडेल,महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापा, राष्ट्रिय अनुसन्धानका भक्तपुर प्रमुख सुरेन्द्र कोइरालाले समेत सशस्त्र एसपी न्यौपान लाइ स्वागत गरेका थिए । उनको स्वागतमा भक्तपुरको गुहेश्वरीस्थित नम्बर २२ गणमा बिशेष स्वागत कार्यक्रम समेत सम्पन्न भएको छ ।

    न्यौपाने सशस्त्रको सप्तरी प्रमुखबाट सरुवा भई भक्तपुर आएका हुन् । उनी सप्तरीस्थित छ नम्बर गणका गणपती रहेका थिए । गणपतीबाट गणपतीमै सरुवा हुने उनी भाग्यमानी कमान्डर भएका छन् । सुरक्षा निकायमा प्राय प्रमुख पद पाएकाहरु सरुवा हुँदा प्रमुख पदबाट बिमुख हुने प्रचलन जस्तै रहेको छ ।

    साउन ८ मा भएको ७१ एसपीको सरुवामा प्रायजसो एसपीहरु गणपतीबाट बाहिनी,विभाग वा केन्द्रीय कार्यालयमा प्रमुख मातहत रहनेगरी सरुवा भएका भएपनि न्यौपाने नम्बर छ गण सप्तरीबाट नम्बर २२ गण भक्तपुरकाे प्रमुखमै सरुवा हुन सफल भएका छन् ।  नं. २२ गण भक्तपुरका गणपतीको रुपमा कार्यरत रहेका विश्वकुमार भट्टराईको भने केन्द्रीय कार्यालय अन्तर्गत कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएको छ । भट्टराईको बिदाइ पछि न्यौपाने आएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...