News Portal

  • भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २७ साउन
    १८७१ पटक
    भक्तपुर, २७ साउन

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् ।

    विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले उनीहरुलाई मंगलवार साँझ समातेको हो । डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार चाँगुनारायण ८ सुडाल स्थित सुरेश कार्कीको घरमा रेड गर्दा कोठा भाडामा लिई बसेका ४ जना मानिसहरु कालोमा खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला र चोरीकाेे मोटरसाइकल सहित समातिएका छन् । त्यसैगरी उनीहरुको पोल अनुसार सूर्यविनायक ८ दार्जलिङ हाईटबाट थप थप ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका स्थायी घर भई हाल चाँगुनारायण ८ सुडाल बस्ने बर्ष १९ को कुमार लामा,१७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, बर्ष २१ को पासाङ तामाङ रहेका छन् । त्यसैगरी सूर्यविनायक ८ दार्जलिङ्ग हाइटबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका बर्ष २२ को संजीव सिंजाली मगर रोशीका २४ वर्षीय दिपेश तामाङ र २३ वर्षीय मिलन मगर रहेका छन् ।

    उनीहरुको साथबाट फेला परेको बा ९० प ६५१० नम्बरको २२० CC को पल्सर मोटरसाईकल भक्तपुर ९ का प्रजु सुवालको चोरी भएको मोटरसाईकल भन्ने खुल्न आएको समेत प्रहरीको भनाइ छ । नियन्त्रणमा लिईएका सातैजना उपर प्रारम्भिक अनुसन्धान भईरहेको साथै थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय पठाईने डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...