News Portal

  • भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १२ भदाै
    ९५० पटक
    भक्तपुर, १२ भदाै

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

    अस्पतालको आइसोलेसनबाट एकजना भारतीय नागरिक, एक काठमाडौंबासी तथा पाँचजना स्थानीयले कोभिड १९ माथि बिजय प्राप्त गरेका हुन् । सन्चो भएपछि उनीहरुलाई बिहीवार साँझ डिस्चार्ज गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले बताए ।

    आइसोलेसनमा बसेको ७ दिनमै ७ जनाले कोभिड १९ लाई जितेका हुन् । दुधपाटीबाट ४ र खरिपाटीबाट ३ जनाले कोभिड १९ लाई जितेका हुन् । कोभिड १९ माथि विजय प्रात गर्नेमा भक्तपुर नगरपालिका घर भएका ४ जना र सूर्यविनायक बस्ने १ जना छन् । त्यसैगरी करिब ४० वर्षीय एक भारतीय नागरिक समेत कोरोना मुक्त भएका छन् भने कोटेश्वरकी एक ३४ वर्षिया महिलाले पनि कोभिड १९ माथि विजय प्राप्त गरेकी छन् ।यसरी कोभिड लाई जित्नेमा २३ वर्ष देखि ४७ वर्ष सम्मका मानिसहरु छन् । जसमा दुईजना महिला हुन् ।

    अध्यक्ष सुवालका अनुसार भक्तपुर अस्पतालले ओपिडी सेवा बन्द गरी अस्पताललाई कोभिड १९ उपचारमा केन्द्रीत गरेको छ । उनले खरिपाटी स्थित आइसोलेसनमा सोह्र जना र दुधपाटीस्थित कोभिड ब्लकमा ३ जना अझै आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेका जानकारी गराए । उनका अनुसार अस्पतालको दुधपाटीमा ३० र खरीपाटीमा २०८ संक्रमित राखी उपचार गर्नसक्ने क्षमता रहेको छ र अझै ३ सय शैया बिस्तार गर्ने क्रममा रहेको समेत उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...