News Portal

  • पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ भदौ
    ६४७ पटक
    भक्तपुर, १३ भदौ

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ ।

    शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु पश्चात कोरोना पोजेटिभ पाइएको थियो । त्यसैगरी कोरोना पुष्टि भै पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी ६२ वर्षीया महिलाको पनि शनिवार बिहान मृत्यु भएको हो ।

    पछिल्लो विवरण अनुसार भक्तपुरमा छ जनाले कोभिड१९ का कारण ज्यान गुमाएका छन् जसमध्ये दुइजनामा मृत्युपछि कोभिड १९ पुष्टि भएको हो । देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका भँडेल बने भौतिक पूर्वाधारमन्त्री

    काठमाडौं । भक्तपुर क्षेत्रनम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बाग्मती प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका...

    चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    yaya ram bastola sanjeev dulal

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र...

    भक्तपुरका दुई नगरपालिकामा प्रेस सेन्टरको शाखा बिस्तार

    प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र...

    विद्युतीय यातायातलाई सरकारले प्राथमिकता दिन्छ : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले प्राथमिकतामा दिने दावी गरेकी छन् ।...

    सेनाले बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

    जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ...