News Portal

  • भक्तपुरमा दूध फ्याक्नुपर्ने अवस्था छैन : सुवोधकुमार साह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१३ भदाैं
    १६४५ पटक
    भक्तपुर,१३ भदाैं

    भक्तपुरको सूर्यविनायक स्थित एक डेरी संचालकले सडकमै दूध पोखेका छन् । स्थानीय रानीकोट डेरीका सञ्चालकले बिक्री नभएको भन्दै शनिवार विहान सडकमै दूध पोखेका हुन् ।

    जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवोधकुमार साहले भने दूध पोख्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् । भक्तपुर पोस्टसंग कुरा गर्दै प्रमुख साहले निषेधाज्ञाका कारण दूधको कारोबारमा केही कमी भएपनि फ्याक्नै पर्ने अवस्था नरहेको जिकिर गरे ।

    ”डेरीका सञ्चालकले हामीसंग कुनै समस्या नै राख्नुभएको छैन । उहाँले दूध फालेको मैले पनि समाचारबाट थाहा पाएकाे हुँ ।” घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोधकुमार साहले भने । संकटको समयमा आर्थिक कारोबार घटेका कारण त्यसको प्रभाव दूधमा पनि परेको हुनसक्ने भन्दै उनले छलफल नै नगरी दूध पोख्नु जायज नभएको र यो व्यवसायीको व्यक्तिगत लहड मात्र भएको बताए ।

    केहि समयका लागि दूधको मूल्य घटाएर बिक्रीवितरण गर्न सुझाव दिंदै उनले व्यवसायीलाई संयमित हुन र बिक्री नभएको दूधबाट दूग्धजन्य पदार्थ उत्पादन गरिराख्न आग्रह गरेका छन् । उद्योगी व्यवसायीलाई आफ्नो समस्या खुलस्त राख्न अनुरोध गर्दै उनले आफूले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताए ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले निषेधाज्ञाको समयमा विहान ९ः१५ बजेसम्म मात्रै खाद्यान्न र डेरी पसल सञ्चालन गर्न पाईने आदेश गरेपछि डेरी व्यवसाय समेत प्रभावित भएको छ । यसअघि लकडाउनका समयमा भने खाद्यान्न र डेरी पसल औषधी पसल जस्तै जुनसुकै समय खुला रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...