News Portal

  • चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    भक्तपुरपोस्ट संवाददाता चागुँनारायण, १६ भदौ
    १५२४ पटक
    चागुँनारायण, १६ भदौ

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो ।

    साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता बनेका थिए । उनलाई उद्दार गर्न प्रहरी पुगेको भएपनि फेला पार्न सकेको थिएन । मंगलवार उनको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

    मृतक पाँचथर तुम्बेवा गापा ४ घर भई हाल हाल सुडाल बस्ने बर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावा भएकाे प्रहरीकाे भनाइ छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख रहेकी एसपी तारा देबी थापा, विरदल गणका गणपति शिब प्रसाद पौडेल, शसस्त्र प्रहरी बल नेपाल २० नं गण बिपद ब्यवस्थापन सिनामंगलबाट खटि आएको उद्दार टोली तथा दुवाकोट गणका गणपति एसपी न्याैपाने समेत सहभागी टाेलीले लिम्बुकाे शव फेला पारेकाे हाे ।

    ड्यामकाे लेदोमा गाडीएको अवस्थामा शव फेला पारी पोष्‍टमार्टमको लागी केएमसी अस्पताल दुवाकोट पुर्याइएकाे प्रहरीकाे भनाइ छ । मृतक लिम्बुसगै पौडी खेल्न गएका प्रकाश लिम्बुलगायत मानिसहरुसंग सोधपुछ गरी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...