News Portal

  • खुकुलो भयो निषेधाज्ञा : अत्यावश्यक उद्योग, अनलाइन कक्षा लगायत यी १६ सेवा संचालन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ भदौ
    १९३४ पटक
    भक्तपुर, १७ भदौ

    भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् ।

    आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको निषेधाज्ञाको अवधी सकिदैछ । भदौं ३ गते बाट भएको निषेधाज्ञा १० गते पुन एकसाताका लागि थपिएको थियो । आज दोश्रोपटक यसको समयावधी थपिएको हो ।

    भक्तपुर,ललितपुर र काठमाडौंका सिडिओ सम्मिलित संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै रहेको ठहर गरेकाले भदौ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताइन ।

    तीनै जिल्लाका सिडिओहरुले छुट्टाछुट्टै आदेश मार्फत भदौ २४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी रहने बताएका छन् ।

    भक्तपुरकी सिडिओ पाण्डेद्वारा जारी गरिएको आदेश अनुसार निषेधाज्ञाको स्वरुपमा केहि परिवर्तन गरिएको छ । यसअघि बिहान सबा ९ बजेसम्मका लागि किनमेलको समय दिइएकोमा यसलाई बढाइएको छ । अब बिहान ११ बजेसम्म किनमेल गर्न पाइने छुट दिइएको छ ।

    होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिए पनि होम डेलिभरी गर्नेहरु पिसिआर नेगेटिभ आएकाले अनलाइन भुक्तानी लिने सेवाहरु डेलिभरी गर्न पाउने व्यवस्था मिलाइएको छ । निर्माण सामाग्री बोकेका गाडीहरु प्रवेशमा रोक लगाइएको छैन भने राष्ट्रिय प्राथमिकतामा परेका आयोजनाहरु संचालन गर्न पाउने बताइएको छ ।

    अत्यावस्यक सेवाका उद्योग समेत संचालनमा रोक लगाइएको छैन भने शिक्षा मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा संचालन पनि सुचारु गरिएको छ । सिडिओ पाण्डेले संचालन गर्न पाउने सेवाको सोह्र बुदे लिस्ट बनाएकी छन् ।

    हेर्नुस के गर्न पाइन्छ र के गर्न पाइदैन 

     

     

     

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...