News Portal

  • निषेधाज्ञा अवज्ञा गर्दै मच्छिन्द्रनाथको जात्रा शुरु

    भक्तपुरपोस्ट संवाददाताललितपुर, १८ भदौ
    १०५२ पटक
    ललितपुर, १८ भदौ

    निषेधाज्ञाको बाबजुद ललितपुरको मच्छिन्द्रनाथको रथ जात्रा शुरु गरिएको छ । लामो समयदेखि रोकिएको जात्रा शुरु भएको हो ।

    प्रहरी प्रशासनले जात्रामा रोक लगाउन प्रयास गरेको भएपनि सकेको छैन ।बिहीबार बिहानै देखि पुल्चोकस्थित रथ तान्न सयौंको संख्यामा मानिसहरू उपस्थित रहेका थिए ।

    पुल्चोकमा  काठमाडौबाट समेत मानिसहरू आएपछि हजारौंको भिड जम्मा भएको थियाे भने त्यसलाई  रोक्न प्रहरी प्रशासन सक्षम देखिएन । यतिबेला स्वस्फूर्त भिडले रथलाई पुल्चोक बाट तानेर हिडेकाे हाे ।

     मच्छिन्द्रनाथको रथजात्रा लिच्छविकाल देखिको ऐतिहासिक परम्परा मानिन्छ । बर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथ रिसाएमा अनर्थ हुने जनविश्वास रहिआएको छ । दशै अघि रथलाई बुङ्मती पुर्याउनै पर्ने र असोजमा मलमास परेकोले मलमासमा रथ तान्न नहुने हुँदा स्वस्फूर्त रुपमा भक्तजनहरु रथ जात्रामा सहभागी भएका एक सहभागीले भक्तपुर पोस्टलाई  बताए । रथलाइ आजै गावहल पुर्याइने बताइएकाे छ ।

    अपडेट : यसैबीच जात्रामा सहभागीहरुमाथि प्रहरी हस्तक्षेप भएकाे छ । लाठी र पानीका फाेहरा सहित प्रहरीले रथजात्रा राेक्न प्रयास गरिरहेकाे छ । प्रहरी हस्तक्षेपपछि केही मानिसहरु घाइतेसमेत भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...