News Portal

  • कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो

    इभक्तपुर संवाददाता
    ६२१ पटक

    काठमाडौं, १९ भदौ । कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।

    गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । संक्रमण दिन प्रतिदिन फैलिँदै जाँदा पनि संघीय सरकारले स्थानीय तहलाई बेवास्ता गर्दा समस्या झनै उग्र हुँदै गइरहेको उनीहरूको गुनासो छ ।
    संघ र प्रदेश सरकारले क्वारेन्टिन व्यवस्थापन, चिकित्सक पदपूर्ति, बजेट व्यवस्थापन, स्वास्थ्य इकाइको गुण स्तरवृद्धिलगायतमा समन्वय नगरेकाले आफूहरूलाई काम गर्न समस्या भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

    स्थानीय तहले विदेशबाट फर्किएका नागरिकलाई सरकारले तोकेको अवधिसम्म क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने, कोरोना लक्षित विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालनगर्ने लगायतका गतिविधि गर्दै आएका छन् ।

    सरकारले ‘एक पालिका एक चिकित्सक’ को अवधारणा अघि सारे पनि महामारीकै समयमा चिकित्सकहरू आउन नमानेको स्थानीय तहको गुनासो रहेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...