News Portal

  • सांसद सुवालमा काेराेना संक्रमण पुष्टि भएकाे छैन

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २० भदौ
    ३०३६ पटक
    भक्तपुर, २० भदौ

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका भक्तपुर १ का निर्वाचित संघीय सांसद प्रेम सुवालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि नभएको पाइएको छ । सामाजिक संजालमा सांसद सुवाललाई कोरोना संक्रमण भएको हल्ला चलिरहँदा यसको पुष्टि भने भएको छैन ।

    नेमकिपाका केन्द्रीय सदस्य समेत रहेका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पार्टी सचिव समेत रहेका सांसद सुवालमा संक्रमण पुष्टि नभएको बताए । भक्तपुर पोस्टसंग कुरा गर्दै उनले भने ” आज बेलुकी सम्म स्वास्थ्य मन्त्रालयको संक्रमित विवरणमा उहाँको नाम छैन । उहाँमा कोभिड पुष्टि भएको छैन ।” रोग लुकाएर नलुक्ने र लुकाउनुपर्ने आवश्यक पनि नभएको भन्दै उनले आशंकाको भरमा कसैलाई संक्रमित करार गर्नु पनि नहुने जिकिर गरे ।

    नेता ज्याख्वले दिएको जानकारी अनुसार पार्टीका आधा दर्जन नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । त्यसयता गत १४ गते देखि नै उनीहरु होम आइसोलेसनमा रहेका छन् । गत १४ गते कोभिड पुष्टि भएका वडा नम्बर ४ का एक संक्रमितसंग सम्पर्कमा रहेका कारण उनीहरु आफै होम आइसोलेसनमा रहेका नेता ज्याख्वको भनाइ छ । ” म आफैं पनि हाेम आइसाेलेसनमा छु ।” उनले भने ।  भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रमा केहिदिन अघि उनीहरुले स्वाब दिएका र त्यसमध्ये सांसद सुवाल सहित २ जनाको रिपोर्ट अझै प्राप्त हुन नसकेको सूचना प्राप्त भएको छ ।

    ल्याबबाट पोजेटिभ र नेगेटिभ कुनै रिपोर्ट प्राप्त नभएपछि सांसद सुवाल लगायत २ जनाको पुन: स्वाब लिइएको बताइएको छ । रिपोर्ट नआएको कारण सांसद सुवाल होम आइलोलेसनमै रहेका र उनी वास्तवमै संक्रमित भएको आशंका गरिएको हुनसक्ने पारिवारिक श्रोतले समेत जनाएको छ ।

    सांसद सुवाल उनको औधोगिक क्षेत्रस्थित निवासमा होम आइसोलेसनमा रहेका छन् । उनको परिवारमा बुवा, श्रीमती, १ छोरा, बुहारी र नाती रहेका छन् । परिवारसंग छुट्टिएर उनले आइसोलेसन मेन्टेन गरिरहेका जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...