News Portal

  • भक्तपुरको एक सरकारी कार्यालय प्रमुखमै कोरोना पुष्टि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ भदौ
    १६५७ पटक
    भक्तपुर, २२ भदौ

    भक्तपुरको एक सरकारी कार्यालयको कार्यालय प्रमुखमै कोरोना पोजेटिभ पाइएको छ । पुनर्निर्माणको क्षेत्रमा काम गर्ने उक्त कार्यालयको प्रमुखमा कोरोना पुष्टि भएको हो ।

    भक्तपुरको सल्लाघारीस्थित उक्त कार्यालयको प्रमुखमै कोरोना पुष्टि भएपछि अन्य कर्मचारीहरु चिन्तित बनेका छन् । उनी जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा समेत सहभागी रहेको पाइएको छ । उनी जिल्लास्थित ठेकेदारहरुसँग पनि सम्पर्कमा रहेको थाहा भएको छ ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार उनमा कार्यलयबाट नभई घरबाट संक्रमण सरेको हो । उनको परिवारको एक सदस्यले कोरोनाको कारण ज्यान गुमाएपछि कन्ट्याक्ट् ट्रेसिङका आधारमा उनको समेत स्वाब परिक्षण गरिएको थियो । रिपोर्टमा कोरोना पोजेटिभ पाइएपछि उनी अहिले होम आइसोलेसनमा रहेको जानकारी प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...