News Portal

  • बिहीबारबाट धैरै ब्यापार-ब्यवसाय खुला, सबैखाले सवारीसाधन संचालन गर्न दिइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ भदाै
    १००६ पटक
    bhaktapur cdoभक्तपुर, २४ भदाै

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खुल्ने भएका छन् ।

    बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेपछि तीनै जिल्लाका प्रजिअहरुले छुट्टाछुट्टै आदेश जारी गरी सोको जानकारी समेत गराएका छन् । आज रातिबाट गत १७ गते एक सातालाइ थपिएकाे निशेधाज्ञाकाे अवधी सकिने भएपछि त्यसलाइ खुकुलाे बनाउदै नयाँ ब्यवस्था भएकाे हाे ।

    प्रजिअहरु द्वारा  जारी आदेशमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै व्यवसाय संचालन गर्न दिने  उल्लेख गरिएकाे छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी आदेशमा भक्तपुरमा सार्वजनिक सवारी संचालन गर्न दिने उल्लेख गरिएको छ । प्रजिअ पाण्डेले सोह्र सिट भन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी संचालन गर्न दिइने बताएकी छन् । उनले एक लहरमा एक जना रहने गरी कूल क्षमताको आधा भन्दा बढी यात्रु बोक्न नपाइने व्यवस्था गरेकी छन् । त्यसैगरी चालक, सहचालक लगायातले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने बताइएको छ ।

    प्रजिअ पाण्डेले अत्यावश्यक सवारी मात्र संचानल हुँदै आएको निषेधाज्ञा खुकुलो पार्दै सबैखाले सवारी संचालन गर्न सकिने व्यवस्था गरेकी छन् । ढुवानीका साधन बाहेक अन्यलाई भने जोर बिजोर प्रणाली लागू हुने उनको भनाइ छ ।

    यातायातमा जोर विजोर प्रणाली र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भए पनि बढी मानिस भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने आदेश भएको छ।

    हेर्नुस् कुन व्यवसाय कुन समय खुल्ने व्यवस्था गरिएको छ

    Aadesh_2077.05.24

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...