News Portal

  • नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    ६५५ पटक

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

    अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए । यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ ।

    यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।

    अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...