News Portal

  • न्यौपानेकाे नेतृत्वमा ११ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन

    भक्तपुरपोस्ट संवाददाता सानाेठिमी, ९ असाेज
    १३३० पटक
    सानाेठिमी, ९ असाेज

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा नेपाल निजामती कर्मचारी संगठनले नयाँ प्रारम्भिक कार्यसमिति गठन गरेको छ । संगठनको  शिक्षा मन्त्रालय बिभागीय कार्यसमितिले आफ्नो नयाँ प्रारम्भिक कमिटी गठन गरेको हो ।

    उक्त प्रारम्भिक कार्यसमितिकाे अध्यक्षमा सरस्वती न्यौपाने चयन भएकी  छन् ।  न्यौपानेकाे अध्यक्षतामा ११ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन गरिएको संगठनका बिभागीय अध्यक्ष शिवराज पोखरेलले जनाएका हुन् । पोखरेलका अनुसार उपाध्यक्षमा निता शर्मा, सचिवमा सागर खनाल र कोषाध्यक्षमा अन्जना वन्जरा चयन भएका छन् ।

    त्यसैगरी सदस्यहरुमा कुमारी लिला चैसिर,सरिता भण्डारी,भिमा घिमिरे,देवेन्द्र पराजुली, गिताहरी नेपाल,पुर्ण चौलागाई र दशिराम चौधरी चयन भएका बताइएकाे छ । नयाँ कार्यसमितिलाइ संगठनका अग्रज नेताहरुले बधाइ र शुभकामना दिनुका साथै भावी कार्यक्रमका बारे दिशानिर्देश समेत गरेका थिए । उक्त अवसरमा अध्यक्ष न्यौपानेले आफ्नाे नेतृत्वमा सबैलाइ एक ठिक्का बनाइ कर्मचारीकाे हकहितका लागि लागिरहने प्रतिबद्धता प्रकट गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...