News Portal

  • पुरीकाे नेतृत्वमा भक्तपुरमा ८ सदस्यीय पैरवी समूह गठन

    बाबुकाजी श्रेष्ठमध्यपुर थिमि, १२ असाेज
    १०४९ पटक
    मध्यपुर थिमि, १२ असाेज

    नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा औषधी सेवन गरिरहेको र निको भएका क्षयरोगी विरामी करिब ५० जना सहभागी रहेका थिए । कोभिड १९ को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सम्पूर्ण सावधानी सहित कार्यक्रम गरिएको थियो ।

    कार्यक्रममा प्रशिक्षक सुरेश प्रधानले क्षयरोग, चुनौति, समस्या र अधिकारका बारेमा प्रशिक्षण दिएका थिए भने विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ ले क्षयरोगी विरामीहरुलाई पारेको असर र चुनौतीलगायत संस्थाको गतिविधि बारे संस्थाका सभापति राम सिख्वःले प्रकाश पारे ।

    कार्यक्रममा ८ सदस्यीय पैरवी समूह गठन गरिएको छ । उक्त समूहमा संयोजक विनोद पुरी र सदस्यहरुमा प्रखिप लाखे, शनीमैंया वैद्य, सुनिल माकः, श्याम कपाली, प्रिया लाखे र नविना दुवाल रहेको संस्थाका कार्यालय सचिव सिहण्य प्रताप सांगामीले जानकारी गराए । पैरवी समूह गठन पश्चात आगामी कार्यक्रम समेत निर्धारण गरिएको थियो भने उक्त कार्यक्रमलाई संस्थाको तर्फबाट निरीक्षण गरी प्रतिवेदन पेश गरिएको संस्थाका उपसभापति विष्णु न्हिसुतुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...