News Portal

  • वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने भक्तपुर नगरपालिकाको निर्णय

    भक्तपुरपोस्ट संवाददता
    २९४७ पटक

    भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन गर्न पनि नगर शिक्षा समितिले निर्णय गरेको छ ।

    त्यस्तै साउन र भदौ महिनाको मासिक शुल्कको हकमा बढीमा ५० प्रतिशत, असोज महिनादेखि बढीमा ७५ प्रतिशत मात्र लिन पाउने पनि नगर शिक्षा समितिले निर्णय गरेको छ ।

    त्यसैगरी सबै प्रकारका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दा हरेक दिन आधारभूत तहको कक्षा १–५ मा कम्तीमा २ वटा कक्षा, कक्षा ६–८ मा ३ वटा कक्षा तथा माध्यमिक तहको कक्षा ९–१२ कम्तीमा ४ वटा कक्षाको पठनपाठन व्यवस्थापन मिलाउनु पर्ने पनि निर्णय गरेको छ । साथै नगरपालिकाको तर्फबाट ख्वपको पहिचान नामक स्थानीय पाठ्यक्रमको भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी पक्रिया अघि बढाउने पनि निर्णय गरेको छ ।

    मंगलबार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिका नगर शिक्षा समितिले त्यस्तो निर्णयहरु गरेका हुन् ।

    त्यसै भौतिक उपस्थितिको शिक्षा अहिले सम्भव नभएकोले अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने, पाठ्यक्रम विकास केन्द्रले तयार गरेको संशोधित पाठ्यक्रमअनुसारको पाठ्यवस्तु समायोजना कार्यढाँचा, २०७७ अनुसारका विषयवस्तु र क्षेत्रमा आधारित रहेर विद्यार्थी सिकाइ सहजीकरण गर्ने व्यवस्था गर्ने जस्ता निर्णय लिइएको पनि नगर शिक्षा समितिले जनाएको छ ।

    विद्यार्थी सिकाइ सहजीकरण प्रभावकारी बनाउन विद्यालयमा शिक्षक अनिवार्यमा रुपमा उपस्थित भई सिकाइ सम्बद्ध क्रियाकलापमा सहभागी हुने, सबै प्रकारका विद्यालयहरूले अनलाइन प्रविधिमा आधारित रहेर सिकाइ सहजीकरण गर्दा प्रत्येक दिन विद्यार्थीको उपस्थितिको अनलाइन हाजिरीको अभिलेख राखिनुपर्ने, हरेक कक्षा र तहका विषय शिक्षकले विद्यार्थीको सिकाइ अवस्थाका बारेमा महिनाको कम्तीमा एकपटक अभिभावकसँग परामर्श गरेर विवरणसहित त्यसको मासिक रिपोर्ट प्रधानाध्यापकलाई बुझाउनुपर्ने र प्रधानाध्यापकले समग्र विद्यालयको रिपोर्ट एकीकृत गरी नगरपालिकाको शिक्षा शाखामा मासिक बुझाउनुपर्ने निर्णय गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...