News Portal

  • इन्डाेस्काेपी गर्दा इवामुरा अस्पतालले ज्यान जाेखिममा पारेकाे भन्दै आफन्तहरु आन्दाेलित

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १५ असोज
    २३८३ पटक
    भक्तपुर, १५ असोज

    भक्तपुर नगरपालिका १ स्थित इवामुरा मेमोरियल अस्पतालले सामान्य बिरामीलाई सिकिस्त बनाएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरु अझै अस्पतालमै धर्ना बसिरहेका छन् ।

    गत शुक्रवार इन्डाेस्काेपी गर्न आफै हिडेर इवामुरा मेमोरियल अस्पताल गएका भक्तपुर ७ का ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुकाे ज्यान अस्पतालको लापरवाहीले जाेखिममा परेकाे उनका आफन्तहरुको आरोप छ । अस्पतालकाे लापर्वाही र चिकित्सककाे हेलचक्रयाइँपूर्ण इन्डाेस्काेपीका कारण मुटुमा क्षति पुगेकाे लाखाजुका एक आफन्तले बताए ।

    इवामुराले विरामीकाे मृत्यु भयाे भनेकाेमा अहिले नर्भिक अस्पतालमा अन्तिम अवस्थामा मृत्युसँग लड्दै भेन्टिलेटरमा राखी उपचार भइरहेकाे आफन्तको भनाइ छ । इवामुरा अस्पतालले पटक पटक यस्ताे घट्ना दाेहर्याएका कारण दोषी लाई कारवाहीको दायरामा ल्याउन अस्पताल घेराउ गर्नुपरेको पिडित परिवारको जिकिर रहेको छ ।

    ठमठम हिडेर पेटको इन्डोस्कोपी गर्न इवामुरा गएका लाखाजुकाे नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेकाे बताइएको छ । पिडित पक्षले सोको सम्पूर्ण खर्च इवामुराले व्यहोर्नुपर्ने र सामान्य चेकचाँजमा ज्यान जोखिममा पार्ने अस्पताल र संलग्न स्वास्थ्यकर्मीमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् ।

    महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी ऋषिराम कडेलको मध्यस्थतामा पिडित पक्ष र अस्पताल प्रशासन बीच अहिले बार्ता भैरहेको जानकारी प्राप्त भएको छ । ३ घण्टादेखि जारी वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन । सयौंको संख्यामा आफन्तहरु इवामुरा अस्पताल घेराउ गर्न पुगेपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । कटुन्जे, दुवाकोट र दुधपाटी प्रभागका प्रहरी पनि इवामुरामा केन्द्रित गरिएका छन् भने इन्स्पेक्टरको कमाण्डमा शसस्त्र प्रहरीको ठूलो फोर्ससमेत तैनाथ गरिएको देखिन्छ ।

    अपडेट : प्रहरी हस्तक्षेपपछि अस्पतालमा कुनै अप्रिय घटना घट्न पाएन । साँझ अबेर दुवै पक्षबीचको वार्ता सकारात्मक भएको भनिएपनि आधिकारिक धारणा बाहिर आएकाे छैन । यद्यपी, राती प्रदर्शनकारीहरु देखिएका छैनन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...