News Portal

  • प्रहरी हुँ भन्दै पैसा असुल्न खोजेको अभियोगमा नयाँठिमी बस्ने एक युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असोज
    ९४२ पटक
    भक्तपुर, १६ असोज

    प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु घर भई भक्तपुरको नयाँठिमी बस्ने ३२ वर्षीय कुल बहादुर बस्नेत रहेका प्रहरीको भनाइ छ । बिहीबार बिहान उनलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको प्रहरीले दावी गरेको छ ।
    घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...