News Portal

  • नंखेल युथ क्लबको आयोजनामा बहुगुणी जडिबुटी गुर्जोको विरुवा वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असोज
    १२३७ पटक
    भक्तपुर, १७ असोज

    सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलस्थित नंखेल युथ क्लबको आयोजनामा स्थानीयलाई बहुगुणी जडिबुटी गुर्जोको विरुवा वितरण गरिएको छ । शुक्रवार साँझ क्लबले स्थानीयलाई गुर्जोको विरुवा वितरण गरेको हो ।

    गुर्जो अभियन्ता कमल बहादुर राजलवटले नंखेल युथ क्लबलाई निशुल्क गुर्जोका विरुवा उपलब्ध गराएका र उक्त विरुवा स्थानीयलाई बाँडिएको अध्यक्ष श्यामसुन्दर कासुलाले बताए । क्लवका अध्यक्ष कासुलाका अनुसार २ सय २० वटा गुर्जोको विरुवा नंखेलमा वितरण गरिएको छ । गुर्जोको विरुवा लिन स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । उपत्यकामा एक घर एक गुर्जोको बोट अभियान अन्तर्गत नंखेलमा विरुवा वितरण गरिएको आयोजकको भनाइ रहेको छ ।

    आयुर्बेद चिकित्सामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति मानिएकाे गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । गुर्जोले रोग प्रतिरोधी क्षमता बढाउने अपेक्षा सहित नंखेलका स्थानीयमाझ बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष श्याम सुन्दर कासुलाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...