News Portal

  • सिद्धि गणेश सहकारीद्वारा भक्तपुरकाे कोरोना नियन्त्रणका लागि २० लाख सहयाेग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ असाेज
    ८७५ पटक
    भक्तपुर, १९ असाेज

    भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले करिब २० लाख रुपैया प्रदान गरेको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त संस्थाले १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

    सोमबार एक समारोहबीच नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकालाई आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धि गणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद दिएका छन् । कोषमा जम्मा भएको रकमबाट संक्रमितहरुको लागि आइसोलेसन केन्द्रका साथै नगरबासीहरूको सेवा कार्यमा सहयोग पुगेको उनको भनाइ छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढंगले नगरपालिकाले व्यवस्थापन गरिरहेको प्रमुख प्रजापतिले प्रष्ट पारे । नगरपालिकाले आफ्नो वेभसाइट र पत्रिकामार्फत त्यसलाई सार्वजनिक गर्दै आइरहेको उनले जानकारी गराए ।

    कोरोनाको कारण भक्तपुरको विकास निर्माणमा केही ढिलाई भए तापनि कोरोना नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको नगर प्रमुख प्रजापतिले बताए ।
    उक्त अवसरमा प्रमुख प्रजापतिले सहकारी संस्थाका सदस्यहरूलाई यस वर्षको दशैंमा भीड नगरी सामान्य रुपमा मनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि समेत आग्रह गरेका थिए ।

    करिब २० लाखको चेक हस्तान्तरणपछि सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष राजन लाखाले सहकारी संस्था समुदायमा आधारित रहेकाले समुदायको स्वास्थ्य सुरक्षाको लागि सहयोग गर्ने संचालक समितिले निर्णय गरेबमोजिम सहयोग गरिएको जानकारी गराए । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे प्रष्ट पार्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता प्रकट गरेका थिए  ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...