News Portal

  • चोरको चंगुलमा ट्याक्सी ड्राइभर : चोर समातिएपछि खुल्यो पोल

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २२ असाेज
    १५५६ पटक
    भक्तपुर, २२ असाेज

    गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल खोजी गर्यो । तर, उनीहरु भक्तपुरभरि कतै पनि भेटिएनन् ।

    एस.एस.गार्मेन्ट्सबाट ६ सय थान तयारी पाईन्ट संगै धनुषा गणेशमान चारनाथ नगरपालिका ४ घर भएका बर्ष १९ का मेहबुब आलम र जिल्ला सप्तरी खडक नगरपालिका १ बस्ने बर्ष २० को इजारुल अलि गायब भएका थिए । कपडा संगै पेगासस कम्पनीको ओभरलक गर्ने एउटा मेसिन पनि चोरी गरीएकोले फरार भएका आलम र अलि तिरै प्रहरीको अनुसन्धान सोझिएको थियो ।

    प्रहरीले धनुषास्थित आलमको घर सम्म पुगेर उनलाई पक्राउ गर्न सफल भयो । आलमकै घरमा अर्का अभियुक्त समेत भेटिएपछि प्रहरीले दुबैलाई लिएर आयो र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु लाई थिमि वृत्तमा राखेर अहिले अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी एवं डिएसपी केशव कुमार थेबेले जानकारी गराएका छन् ।

    वृत्त प्रमुख रहेका डिएसपी ऋषिराम कडेलका अनुसार उक्त घटनाको अनुसन्धान गर्दा चोरीमा ट्याक्सीको प्रयोग भएको देखिएको छ । उनका अनुसार गत सोमबार साँझ गार्मेन्ट बाट चोरी गरी भागेका आलम र अलिले झुक्याएर ट्याक्सी ड्राइभरलाई घरसम्म पुर्याएको पाइएको छ ।

    थिमिका स्थानीय समेत रहेका एक ट्याक्सी ड्राइभरलाई पन्ध्र सय रुपैया दिने भन्दै उनीहरुले कलङ्की लिएर हिडेकोमा बाटोमा प्रलोभन देखाई घरसम्म पुर्याउन लगाएको डिएसपी कडेलले जानकारी दिए । ” १० हजार दिने भनेपछि कलङ्की नगई बिपी लोकमार्गबाट सिन्धुली बर्दीवास हुँदै ट्याक्सीमा चोरीको सामान पास गराइएको देखियो ।” उनले भने ।

    ट्याक्सी ड्राइभरलाई दिन १० हजार नभएपछी उनीहरुले पैसठ्ठी सय नगद र ४ वटा पाइन्ट दिएर टारेको अनुसन्धानमा उनले बयान दिएको डिएसपी कडेलले बताए । आफूलाई चोरीको सामान भन्ने थाहा नभएको र पैसाको लोभमा चोरको चंगुलमा परिएको ट्याक्सी ड्राइभरले बयान दिएका उनले बताए ।

    भनिन्छ कानुनको हात लामो हुन्छ । प्रहरीले ट्याक्सी ड्राइभरलाई बयानकै आधारमा बिस्वास गरेन । प्रहरीले ट्याक्सी ड्राइभरको हिस्ट्री हेरेर उनको व्यक्तिगत जीवनबारे अनुसन्धान गर्दा कतैबाट पनि चोरीमा संलग्नता पुष्टि हुन नसकेपछि सरकारी गवाहको रुपमा उनलाई अदालतमा पेश गर्ने तयारी गरेको छ । यद्यपी आफ्नो पेशाका कारण अन्जानमै चोरलाई यात्रु बनाउदा ट्याक्सी ड्राइभर कानुनको कठघेरामा उभिन बाध्य भएका छन् । यसबाट उनको मानसिक तनाव त् बढेको छ नै अदालतको अन्तिम फैसलासम्म उनको मुटुको बेग बढीनै रहने देखिन्छ ।

    यस घटनाबाट हरेक ट्याक्सी ड्राइभर सतर्क र सचेत बन्नु पर्ने महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं एसपी तारादेवी थापा बताउँछिन । पैसा आउने भयो भन्दैमा आखाँ चिम्लेर यात्रामा निस्कन नहुने उनको सुझाव रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...