News Portal

  • भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

    भक्तपुरपोस्ट संवाददाता
    १७०२ पटक

    भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ ।

    असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा  छापा मारेको हो ।

    प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकलाई पनि पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । साथै ७ जना महिला सहित १४ जनालाई पनि पक्राउ गरिएको उनकाे भनाइ छ ।

    प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो ।

    सुनकोशीबाट सञ्चालक धनुषा धारापानीका २० वर्षीया कमल गिरी, मध्यपुर नगरपालिका ठिमी–७ का ३० वर्षीया रमेश घजु र दोलखा भिमेश्वर नगर–४ घर भइ नयाँ ठिमी बस्ने २० वर्षीया महिला छन् ।

    सनराइज गेष्ट हाउसबाट सञ्चालक रामेछाप घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्कालाई पक्राउ गरेको छ ।

    त्यस्तै दाङ राजपुर गाँउपालिका–९ घर भइ बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङ केराउन गाँउपालिका–४ घर भइ कमलबिनायक बस्ने ३५ वर्षीया महिला, चाँगुनारायण–७ का ४७ वर्षीया पुरुष, भोजपुर षडानन्द गाँउपालिका–११ घर भइ हाल नयाँ ठिमी बस्ने २३ वर्षीय पुरुषलाई पनि पक्राउ गरेको छ ।

    बालकुमारी गेष्ट हाउसबाट सञ्चालक कालिकोट नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीया नरेश बोगटी, सिन्धुली गैरीगाउ–४ घर भई हाल नयाँ ठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रे रोशी गाँउपालिका–२ घर भई हाल नयाँ ठिमी बस्ने २३ वर्षीया महिला छन् ।

    सिन्धुली भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरी धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला, मकवानपुर कैलास गाँउपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीया पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...