News Portal

  • सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ असोज
    १९४८ पटक
    भक्तपुर, २८ असोज

    सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । गएराति उनी मृत अवस्थामा फेला परेका हुन् ।

     काठमाडौ घर भएका उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।  ट्वाइलेट्मा पासो लगाइ झुन्डिएको अवस्थामा  शव भेटिएको ब्यारेक श्रोतले जनाएको छ । ब्यारेकमा केकति कारणले जवान झुन्डिन पुगे भन्नेबारे आफन्तले आक्रोश पोखेका छन् । मृतकको शारीरिक तथा मानसिक स्वास्थ्य ठिक रहेको आफन्तको जिकिर छ ।

    श्रोतका अनुसार ठूलो असन्तुष्टिका बीच परिवारले भर्खरै शव बुझेको छ । मृतकको शव दुवाकोट्स्थित केएमसी अस्पतालमा मोस्ट्मार्टम गर्दा आत्महत्या ठहर गरिएको थाहा भएको छ ।   बिस्तृत विवरण सार्वजनिक भएको छैन ।

    तस्वीर : साङ्केतिक

    अपडेट : वीरदल गणका जवानको ब्यारेकमै ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । मृतक जवान दक्षिणकाली नगरपालिकाका २२ वर्षीय अनुज केसी भएको र प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या नै गरेको देखिएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...