News Portal

  • खसीबोकाको कारोबारः आर्थिक गतिविधि विस्तार

    ६८६ पटक

    काठमाडौं, ४ कार्तिक । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा खसीबोका, भेडा र च्याङ्ग्राको कारोबार बढेको छ । दसैँलगायतका चाडपर्व आउँदा कारोबारमा भएको वृद्धिले राजधानीदेखि गाउँसम्म आर्थिक गतिविधि विस्तार गरेको छ । विभिन्न क्षेत्रमा कार्यरत महिला सहकारीमार्फत बाख्रापालन र खसीबोकाको कारोबार हुँदा स्थानीय स्तरमा ठूलो परिमाणमा आर्थिक गतिविधि भएको छ ।
    राजधानीका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले र निजी क्षेत्रबाट खसीबोका, भेडा र च्याङ्ग्रा बिक्री गर्न थालिएको छ । खाद्यले बिक्रीका लागि ल्याएका ६०० खसीबोका

    सोमबारबाट बेच्न थालेकामा एकै दिनमा सकिएका छन् । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट कम्पनीले जिउँदो खसीबोका प्रतिकेजी ५५० रुपियाँमा बिक्री गरेको हो ।

    बजारमा भन्दा एक सय रुपियाँ सस्तो मूल्यमा कम्पनीले बिक्री गरेपछि ल्याइएका खसीबोका एक दिनमै बिक्री भएको कम्पनीले जनाएको छ । बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६०० देखि ६५० रुपियाँ पर्ने भएपछि खाद्य कम्पनीले ५५० रुपियाँमा बिक्री गरेको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले खसीबोकामध्ये ५८० बिक्री भइसकेको र अझै किन्नलाई उपभोक्ता आइरहेकाले सकिने अवस्था देखिएको जानकारी दिनुभयो ।

    मकवानपुर समाचारदाताका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँमा बिक्री गर्न हेटौँडाबाट चार सय खसीबोका खरिद गरेको थियो । कम्पनीको वीरगञ्जस्थित शाखा कार्यालयका प्रमुख विकास कटुवालले काठमाडौँको माग र केन्द्रीय कार्यालयको निर्देशनअनुसार बढी सङ्ख्यामा आएमा थप खसीबोका अवस्थाअनुसार खरिद गर्न सकिने बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले पहिलो चरणमा कम्पनीले बिक्री गर्ने एक हजार खसीबोकामध्ये दाङबाट ल्याउनुपर्ने ६०० मध्ये २०० आइसकेको र बाँकी ४०० भोलिसम्म आइपुग्ने बताउनुभयो ।

    च्याङ्ग्रा प्रतिकेजी हजारमा
    हरेक वर्ष दशैँमा खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्यले यस वर्ष च्याङ्ग्रा ल्याएन । तर केही निजी क्षेत्रका व्यापारीले मुस्ताङबाट ल्याएर बेच्न थालेका छन् । निजी व्यापारीले भक्तपुरको सल्लाघारीमा जिउँदो च्याङ्ग्रा प्रतिकेजी एक हजार रुपियाँमा बिक्री गरिरहेका छन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...