News Portal

  • भक्तपुरको ‘औद्योगिक क्षेत्र’ हटाउन सांसदसहितको टोली सिंहदरवारमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ कात्तिक
    २७२१ पटक
    भक्तपुर, १७ कात्तिक

    भक्तपुर नगरपालिकाको वडा नम्बर २ स्थित औद्योगिक क्षेत्र स्थानान्तरणको माग गर्दै सांसद सहितको एक प्रतिनिधि टोली सिंहदरवार पुगेको छ । नेमकिपाका सचिव समेत रहेका संघीय सांसद प्रेम सुवालको नेतृत्वमा रहेको टोलीले सिंहदरवार पुगेर औद्योगिक क्षेत्र स्थानान्तरणको माग गरेको हो ।

    आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड समक्ष उक्त माग राखिएको भक्तपुर नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिले पुष्टि गरिन् । सांसद सुवालको नेतृत्वमा रहेको उक्त प्रतिनिधि मण्डलमा नगर प्रमुख सुनिल प्रजापति, वडाध्यक्ष हरिप्रसाद बासुकला लगायत सहभागी रहेका थिए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यमन्त्री दुगडलाई भक्तपुर औद्योगिक क्षेत्रको ध्वनि र धुवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्नेबारे पत्र नै हस्तान्तरण गरेका छन् । भक्तपुरबाट मात्र नभई काठमाडौ उपत्यका बाटै ती उद्योगहरु हटाउनुपर्ने पत्रमा भनिएको छ । साथै उक्त पत्रमा भक्तपुरको औद्योगिक क्षेत्रमा रहेका उद्योगी–व्यापारीले भक्तपुर नगरपालिकाको निर्देशन पालना गर्नुपर्ने र तोकिएबमोजिमको कर नगरपालिकालाई तिर्नुपर्ने आवश्यकता समेत औल्याइएको छ ।

    भक्तपुरको औद्योगिक क्षेत्रमा ३ दर्जन जति उद्योगहरु संचालनमा रहेका छन् । पछिल्लो समय यहाँस्थित एक टेक्सटायल उद्योग ”नेपो इण्डस्ट्रिज प्रालि”संग केही स्थानीयको सम्बन्ध बिग्रिएपछि बिबादले उग्र रुप लिएको देखिन्छ । सांसद सुवाल समेत औद्योगिक क्षेत्रकै स्थानीय बासिन्दा हुन् । ‘नेपो इण्डस्ट्रिज प्रालि’ ले मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुवा प्रदूषण फैलाउने गरेको भन्ने विवाद बढ्दैजाँदा सांसदसहितको टोली सिंहदरवार सम्म पुगेको बताइन्छ ।

    उक्त अवसरमा राज्यमन्त्री दुगडले आफूले पनि सो उद्योग निरीक्षण गर्ने र सरोकारवालाहरू समावेश गरी एउटा समिति बनाई समस्या समाधान गर्ने प्रतिवद्धता प्रकट गरेका थिए भने सांसद सुवालले सरकारका अधिकारी र उद्योगी व्यापारीले प्रतिवद्धता गरेर मात्र नहुने परिणाम देखाउन पर्नेमा जोड दिंदै आफ्नै समस्या ठानेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

    छलफलमा भक्तपुर औद्योगिक क्षेत्रका व्यवस्थापक बलराम बोगटी,नेपोका प्रशासक प्रमोद काफ्ले, स्थानीय विनोदचरण राय, उद्योगी शंकरकुमार खड्का लगायतको समेत सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...