News Portal

  • अभियन्ता भनिएका यादवलाल कायस्थ र उनको समूहलाई भक्तपुरमा निषेध

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १८ कात्तिक
    १६४२४ पटक
    भक्तपुर, १८ कात्तिक

    नेवा: सम्पदाको संरक्षण अभियन्ता भनिएका यादबलाल कायस्थ र उनको समूहमाथि भक्तपुर नगरपालिका आक्रोशित भएको छ । सम्पदा सरसफाई गर्न भन्दै भक्तपुर आएपछि कायस्थ र उनको समूहमाथि नगरपालिका आक्रोशित भएको हो ।

    अभियन्ता भनिएका काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ मंगलवार बिहानै आफना साथीहरु सहित भक्तपुर आएका थिए । भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी स्थित कालोपाटी र हिटी(ढुंगेधारा)को सरसफाईमा लागेका उनीहरुको कार्य नजिकै रहेको नगरपालिकाले नदेख्ने कुरै भएन । तर, नगरपालिकाले उक्त कार्य स्वीकार गरेन बरु उल्टै उनीहरुलाई हस्तक्षेप गर्दै सरसफाई नगर्न चेतावनी नै दियो ।

    ”सामान्यतया जनस्तरबाट हुने सरसफाईलाई नगरपालिकाले स्वागत गर्नुपर्ने हो तर यहाँ भने निषेध नै भयो ।” अभियन्ताहरुले असन्तुष्टि पोखेका छन् । भक्तपुर नगरपालिकाले भने अभियन्ताको नाममा जे पनि गर्न नपाइने जिकिर गरेको छ । ‘पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र सस्कृति’ भन्ने मूल नारा नै बनाएको भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा ध्यान नदिएको भन्ने कुरा मान्य नहुने भन्दै नगरपालिकाले अभियन्ता भनिएका कायस्थ र उनको समूहलाई उक्त क्षेत्र सरसफाई गर्न निषेध गरेको थाहा भएको छ । ”नियत सफा भएको भए दुई मिनेटको दूरीमा रहेको नगरपालिकासंग समन्वय गरेर पनि काम गर्न सकिन्थ्यो नि ! यो हिरोगिरी भक्तपुरमा चल्दैन ।” उपस्थित कर्मचारीले भने ।

    कायस्थले भने आफूहरु नगरपालिकालाई चुनौती दिन नआएको बताए । भक्तपुर पोस्टसंग कुरा गर्दै उनले भने, ” सामाजिक संजालमा यहाँ ज्यादै फोहोर भएको र एकजना जेष्ठ नागरिक एक्लैले सफा गर्दै गरेको तस्वीर देख्यौँ, त्यहिँ भएर सफा गर्न आएका हौँ । हाम्रो अन्य कुनै उदेश्य होइन ।”

    केहिदिन देखि स्थानीय नारायण भक्त तोयनाले उक्त क्षेत्रमा एक्लै सफाई गरिरहेको तस्वीर सामाजिक संजालमा पोस्ट भएको थियो । सफाई अभियन्ता स्थानीय श्रेना प्रजापतिका अनुसार कालोपाटी र हिटीको सफाई भैरहँदा प्रहरी हस्तक्षेप भएपछि कायस्थ लगायतका अभियन्ता फर्केका थिए । पछि नगरपालिकाका सफाई कर्मचारीहरुले उक्त क्षेत्र सफा गरेका थिए ।

    अभियन्ता भनिएका यादवलाल कायस्थ गत भदौंमा ललितपुरको रातो मच्चिन्द्रनाथको रथ तान्ने पहलकर्ता पनि हुन् । त्यो बेला पुल्चोकमा अभियन्ताहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा झडप भएको थियो भने प्रहरीले कायस्थसहित १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएर एक साता पछि छोडेको थियो । सोक्रममा ललितपुरमा कर्फ्यु नै लगाउनु परेको थियो ।

    हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...