News Portal

  • गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

    रासस
    २२३ पटक

    काठमाडौं, ७ मंसिर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् ।

    पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन् । पार्कीले गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । २५ खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए ।

    नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे। नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार, ३० हजार तथा १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

    कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

    यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन्। तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरिन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। रावत र घर्तीले क्रमशः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका...

    चाँगुनारायणमा जग्गा हेर्ने बहानामा ज्यान लिने मूख्य योजनाकार पक्राउ

    जग्गा हेर्ने बहानामा कुटपिट, लुटपाट र हत्यामा संलग्न भएको अभियोगमा मूख्य अभियुक्त पक्राउ परेका छन्...

    भक्तपुरमा नेता श्रेष्ठले भने : राष्ट्रबादी मुकुण्डो लगाएर प्रधानमन्त्रीले दलाली गरे

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भक्तपुरको चारवटै नगरमा एकैपटक प्रतिगमन विरुद्ध विरोध प्रदर्शन...

    नेपाल बन्दकाे आह्वान !

    उच्च तहको नेता पक्राउ परेपछि प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस बक्तब्य जारी गरेका...

    प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने देउवाकाे दावी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने विश्वास व्यक्त गरे । यदि...