News Portal

  • चोरीको मोटरसाइकलसहित २ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ मङ्सिर
    ११२१ पटक
    भक्तपुर, २१ मङ्सिर

    भक्तपुरमा २ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । कौशलटार चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने बर्ष १९ को संगित तामाङ र दोलखाकै सैलुङ गा.पा. २ घर भई हाल गठ्ठाघर बस्ने बर्ष १९ को सलिन तामाङ रहेका छन् ।

    मध्यपुर ठिमी न.पा. ३ कौशलटार स्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प. ७६७७ नं.को २२० सि.सि. को पल्सर मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा कौशलटार चोकमा ड्युटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई गएराती करिब १ बजे पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । डिएसपी दिपक गिरीका अनुसार चेकजाँच गर्ने क्रममा संगित तामाङले शंकास्पद हर्कत गरेकोले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याई अनुसन्धान गर्ने क्रममा केरकार गर्दा उक्त नम्बरको मोटरसाइकल सलिन तामाङसमेतको मिलेमतोमा चोरी गरी लगेको र सलिन संग भएको संगीतले स्वीकार गरेका थिए ।

    संगीतको बयाँनपछि सलिनलाइ बिहान पक्राउ गरिएको थियो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले आइतवार विहान ०९:३० बजेको समयमा कौशलटारबाट उक्त नं. को मोटरसाइकल सहित सलिनलाई नियन्त्रणमा लिईएको बताइएको छ । पक्राउ परेका दुबैजना उपर चोरी मुद्धामा थप अनुसन्धान र कारवाही अघि बढेको डिएसपी दिपक गिरीले जानकारी दिए । पछिल्लो समय भक्तपुरमा मोटरसाइकल चोरीको बिगबिगी रहेको छ । दैनिकजसाे मोटरसाइकल हराएकाे रिपाेर्ट लिएर मानिसहरु आइरहेका एक प्रहरी अधिकृतले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...