News Portal

  • भक्तपुरका किर्तिमानी खेलाडी राजेशले विश्वकपमा जिते रजत पदक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ मङ्सिर
    १६७३ पटक
    भक्तपुर, २५ मङ्सिर

    भक्तपुर, २५ मंसिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् ।

    विगत १५ वर्ष देखि शारिरिक सुगठनमा सक्रिय सुवालले वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन(लण्डन) तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भएको स्पर्धामा द्वितिय हुँदै रजत पदक प्राप्त गरेका हुन् ।

    यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१ औं संस्करणको प्रतियोगितामा सिनियरतर्फ १०० केजीमा सुवालले रजत पदक हासिल गरेको आयोजकले जनाएका छन् । सुवालले कुल ५ सय ४५ केजी तौल उठाएका थिए ।

    प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियरतफर्का राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले बताए ।
    स्पर्धामा तीन खेलाडीले स्वर्ण पदक र एकले रजत गरी कुल चार उपाधि नेपालले हासिल गरेको प्रशिक्षक गिरीले जानकारी दिए । उनले स्वर्ण पदक विजेता गुरुङ्गले ८२.५ केजी , आलेमगरले १सय १० केजी र श्रुती कार्कीले ५६ केजी तौल उठाएर जीत हासिल गरेको बताए ।
    प्रतियोगितामा दक्षिण एसिया लगायत विभिन्न देशका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ जना खेलाडी सहित २ जना अफिसियल, एसियन पावर लिफ्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिफ्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी भएका थिए ।

    सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक किर्तिमान समेत बनाएका थिए । सुवालले पोखरामा पावर जिम एण्ड फिटनेस संचालन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...