News Portal

  • प्रधानमन्त्री ओलीलाई भक्तपुर सिडिओ मार्फत चेतावनी पत्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ पुस
    १७६७ पटक
    भक्तपुर, २४ पुस

    प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुर सिडिओ मार्फत चेतावनी पत्र पठाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री ओलीलाई असंवैधानिक कदम फिर्ता लिन संविधानको धारासमेत संलग्न गरी चेतावनी पत्र पठाएको हो ।

    शुक्रवार नेकपाको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मको नेतृत्वमा ब्यासीबाट नाराजुलुस गर्दै एक टोली बिरोध पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले कार्यकक्षबाट तल ओर्लिएर बाटोमै पुगी बिरोध पत्र बुझेका छन् । उनले आफूले प्राप्त गरेको पत्र प्रधानमन्त्रीले पाउने गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा नेकपा भक्तपुरका जिल्ला सचिव डिपी ढकालले उक्त पत्र बाचन गरेर सुनाएका थिए भने संविधान राम्ररी पढ्न सुझाव दिंदै पत्र संग संविधानसमेत संलग्न गरिएको थियो । उक्त पत्र जिल्ला इन्चार्ज भिष्म, जिल्ला सचिव डिपी ढकाल, बागमती प्रदेश सभाका सदस्यद्वय एवं नेकपा भक्तपुरका नेताहरु डा राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

    पत्रमा पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेको स्मरण गराउँदै त्यसको घोर विरोध एवम् भत्र्सना गरिएको छ । त्यसैगरी जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम भएको चेतावनी दिंदै प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरिएको छ ।

    नेकपाले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र र संविधान बुझाउने पूर्वघोषित प्रतिरोधका कार्यक्रम अन्तर्गत शुक्रवार नेकपा भक्तपुरले विरोध पत्र पठाएको नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जानकारी दिए । नेता श्रेष्ठका अनुसार शनिवार ठिमी ब्यङ्क्वेटमा भक्तपुरभरीका अगुवा कार्यकर्ताको भेला गरी प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध प्रशिक्षण र प्रतिरोधको कार्यक्रम समेत तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...