News Portal

  • माघ १ बाट भक्तपुरका विद्यालय खोल्नैपर्छ भन्ने बाध्यकारी छैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ पुस
    ११७१ पटक
    भक्तपुर, २६ पुस

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका समस्या र अवस्थाबारे जानकारी लिएका छन् । प्रधानाध्यापकहरूको बैठक बसाली उनले कोभिड-१९ का कारण परेको प्रभाव र पठन पाठनको अवस्थाबारे जानकारी लिएकाहुन ।

    आइतबार सम्पन्न बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू माघ १ गतेदेखि भौतिक रुपमा कक्षाहरु सञ्चालन गर्न निर्देशन थिए । वैकल्पिक सिकाईलाई निरन्तरता दिंदै अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई मात्र विद्यालय संचालन गरिनुपर्ने मा जोड दिएका प्रेस संयोजक कीर्तिका प्रजापति जानकारी गराइन ।

    विद्यालय सञ्चालन सबैको साझा सरोकारको विषय भएकोले भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवालाहरूको चरणबद्ध छलफलपश्चात माघ १ गतेदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णयमा पुगेको बताउदै बैठकमा प्रमुख प्रजापतिले भने- ”तर यो बाध्यकारी होइन विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विद्यालयहरुले निर्णय गर्न सक्छन् । नगरपालिकाले सहज बनाइदिएको मात्र हो ।”

    उनले अभिभावक र विद्यार्थीहरूको भावना बुझेर सुरक्षित ढंगले कक्षा सञ्चालन अगाडि बढाउन अनुरोध गर्दै जिम्मेवारी बाट भाग्ने छुट नगरपालिकाले नदिने स्पष्ट पारे ।

    उक्त अवसरमा उपस्थित प्रधानाध्यापकहरूले विद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको र सोको लागि अभिभावकहरूसँग पनि छलफल गरेको, शैक्षिक सत्र सुरु ढिलाई हुँदा विद्यार्थीहरूको विवरण भर्ने विषयमा अन्योल देखिएको, स्थानीय पाठ्यक्रम अगाडि बढाउन सन्दर्भ सामाग्रीको अभाव भएकोलगायतका समस्या सुनाएका थिए ।

    कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीशिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला लगायतले विद्यालय सञ्चालनका क्रममा आवश्यक स्वास्थ्य सुरक्षाका विधि पूर्ण रुपमा पालना गर्न आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...