News Portal

  • मंगलवारदेखि जिप्रका भक्तपुरका अत्यावश्यक बाहेकका सेवा बन्द

    भक्तपुरपोस्ट संवाददाता२०७८ वैशाख १३
    ८९० पटक
    bhaktapur cdo२०७८ वैशाख १३

    भक्तपुर । मंगलवारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

    जिल्ला सुरक्षा समितिको १२ गते बसेको बैठकले कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । कार्यालयले सोमवार एक सूचना जारी गर्दै विगत केही दिन देखि काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण दर उच्च रहेको र संक्रमण दर अझ बढ्दो क्रममा रहेकोले संक्रमणको उच्च दरलाई नियन्त्रण गर्न बढी भिडभाड हुने सरकारी कार्यालय लगायत अन्य कार्यालयमा भिडभाडको अवस्थालाई नियन्त्रण गरी सेवा प्रवाहलाई सुरक्षित र व्यवस्थित गर्न यस्तो निर्णय लिइएको जनाएको छ ।

    यस्तै बढी भिडभाड हुने कार्यालयहरूले साप्ताहिकरुपमा सेवा प्रवाहको कार्यतालिका बनाई सार्वजनिक सेवाप्रवाहमा आलोपालोको वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्नुपर्ने पनि जनाइएको छ ।

    स्थगित गरिएको सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र राहदानी वितरण तथा सिफारिस हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका जारी सूचनामा जनाइएको छ । तर, शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरू अन्य अत्यावश्यक सिफारिसलगायतका सेवा भने सूचारु नै रहने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...