News Portal

  • कोभिडको मौका पारेर ‘कु’ गरेको भन्दै भक्तपुरमा वाइसीएलले जलायो विद्या-ओलीको पुत्ला

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, ९ जेठ २०७८
    १८६२ पटक
    भक्तपुर, ९ जेठ २०७८

    भक्तपुरमा योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल ) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कमलविनायकमा आइतवार साँझ पुत्ला दहन गरिएको हो ।

    वाइसीएलका एक दर्जन बढी युवाहरु कमलविनायकमा जम्मा भई मूल सडकमै पुत्ला दहन गरेका हुन् । वाइसीएलको भक्तपुर संयोजक नरेश वाइवाको नेतृत्वमा पुत्ला दहन भएको छ । पुत्ला दहन कार्यक्रममा सहभागीहरुले कोभिड-१९ लाई मध्यनजर गरी भौतिक दुरीसमेत कायम गरेको देखिन्थ्यो । पुत्ला दहनको सूचना पाएर कमलविनायकमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तर, प्रहरीलाई चक्मा दिंदै आन्दोलनकारी वाईसीएलले आफ्नो निर्धारित कार्यक्रम सफल बनाएको छ । वाइसीएलले छापामार शैलीमा मूल सडकमा आएर पुत्ला दहन गरेको हो । त्यसको करिब १० मिनेटपछि मात्र प्रहरीले त्यसको सुइँको पाएको थियो ।

    संविधान विपरित संसद विघटनको बिरुद्धमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको वाइसीएलको भक्तपुर संयोजक नरेश वाइवाले बताए । प्रधानमन्त्री ओली निरंकुस र तानाशाह भएका अनि साझा चरित्र देखाउनु पर्ने राष्ट्रपति ओलीकै कार्यकर्ता जस्तो भएकीले युवाहरु आक्रोसित भएका संयोजक वाइवाको भनाइ छ । भक्तपुर वाइसीएलले जिल्लाको चारै वटा नगरपालिकामा पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको उनले जनाएका छन् ।

    कमलविनायकमा पुत्ला दहन कार्यक्रम पछि युवाहरुलाई सम्बोधन गर्दै संयोजक वाइवाले शहिदको रगतले लेखिएको संविधानको विरुद्धमा चालिएको असंबैधानिक कदम तुरुन्त सच्याउन र जनतासंग माफी माग्न प्रधानमन्त्री र राष्ट्रपतिलाई आग्रह गरे । देशमा वाइसीएल जीवित रहेसम्म संविधान मास्ने षड्यन्त्र सफल पार्न नदिने संयोजक वाइवाले चेतावनी समेत दिएका छन् । देशमा माहामारी फैलाएर ओली-विद्या चुनावको बेमौसमी बाजा बजाइरहेका उनको भनाइ छ ।

    उक्त अवसरमा भक्तपुरका वाइसीएल नेताहरु कृष्णमान बनमाला, बिनोद लामिछाने, बिक्रम ह्याङ्बो, सुरेन्द्र सुवाल लगायतले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा कोभिडले जनता मरिरहेको बेला पारेर असंबैधानिक ‘कु’ गरिएको र उक्त कदम नसच्चिएसम्म आफूहरु संघर्षको मैदानमै रहने उद्घोष समेत गरे ।

    bhaktapur ycl

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...