News Portal

  • चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    अनिल फोजूभक्तपुर ,२६ जेठ २०७८, बुधबार
    १८६३ पटक
    भक्तपुर ,२६ जेठ २०७८, बुधबार

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ ।

    नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक दल,संघ संस्था ,बुद्धिजीवी, नागरिक समाज , विज्ञ , व्यवसायी , समाजसेवी , पेशाकर्मी , कर्मचारी , संचारकर्मी लगायत आम नागरिकहरुलाई अपील गरेको छ । चाँगुनारायण नगरपालिकाले टेलिफोन र इमेलमार्फत सुझाव दिन नगरवासीलाई जेठ मसान्त सम्मको समय राखेको छ ।

    स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्य भएकोले समग्र चाँगुनारायण नगरपालिकालाई समृद्ध बनाउनका लागि नगरवासीहरुलाई आवश्यक अमुल्य सुझावहरु तथा कार्यक्रमहरु पठाउनका लागि नगरपालिकाले अनुरोध गरेको छ ।

    कानूनीरूप अनुसार आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानानुसार स्थानीय तह टोल बस्तीमा सुझाव संकलनमा जुटेका हो ।

    हाल कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । चाँगुनारायण नगरपालिकामा मात्र हिजो जेठ २५ गते सम्म जम्मा संक्रमित २,२६५ छन् भने निको हुनेमा २०७१ रहका छन् । त्यस्तै सक्रिय संक्रमित भने १५७ ,एकान्तवासमा १५७ रहेका छन् । हाल सम्म चाँगुनारायण नगरमा ३७ जनाको मृत्यु भएको छ । महामारीका बीच आउने नीति तथा कार्यक्रम र बजेटलाई नगरबासीहरुले कौतुहलताका साथ हेरेका छन् । एकातिर चालु वर्षका योजना सम्पन्न गर्नुपर्ने, अर्कोतर्फ आगामी वर्षका योजना छनोटको चाप नगरपालिकामा परेको छ । महामारीको जोखिम भए पनि विकास निर्माणका कार्य र कार्यालयका अत्यावश्यक सेवा सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ ।

    स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्य भएकोले समग्र चाँगुनारायण नगरपालिकालाई समृद्ध बनाउनका लागि नगरवासीहरुला आवश्यक अमुल्य सुझावहरु तथा कार्यक्रमहरु पठाउनका लागि नगरपालिकाले अनुरोध गरेको छ । कानूनीरूप अनुसार आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानानुसार स्थानीय तह टोल बस्तीमा सुझाव संकलनमा जुटेका छन् ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...