News Portal

  • कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर ढुंगेलको सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०७८
    १०५९ पटक
    भक्तपुर, २६ जेठ २०७८

    कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर सुनिल ढुंगेलले सुझाव दिएका छन् । तनावले रोग प्रतिरोधी क्षमतालाई असर गर्ने र त्यसले भाइरस विरुद्धको लडाई कमजोर हुने उनको भनाइ छ ।

    भक्तपुर सांगीतिक समाजद्वारा जनचेतनाका लागि आयोजित अनलाइन वेभिनारमा भक्तपुर अस्पतालका डाक्टर ढुंगेलले कोभिड संक्रमित केयरफूल हुनुपर्ने डर आतंकित हुनु नहुने बताएका हुन् । कोभिड बिरामीले आफूलाई बिरामी ठानेर जाउलो खाएर बस्नु नपर्ने उनले बताए ।

    डाक्टर ढुंगेलले संक्रमित व्यक्तिलाई अघिपछिको भन्दा बढी पौष्टिक आहारको आवश्यकता हुने हुँदा प्रोटिनयुक्त खानेकुरा बढी सेवन गर्नुपर्नेमा जोड दिएका छन् । माछा, मासु, दुध,अण्डा, फलफूल, दाल,कागती, सागसब्जी लगायतका खानेकुरा पहिलेभन्दा बढी खानुपर्ने उनको सुझाव छ । यद्यपी दीर्घ रोगीले निषेध गरिएका खानेकुरा भने खानु नहुनेमा पनि उनले सचेत गराएका छन् ।

    संक्रमित व्यक्तिलाई निमोनिया नभए सामान्य अवस्था मानिने उनले बताए । डा ढुंगेलले लक्षण नभएका कोभिड पोजेटिभ व्यक्तिबाट ७ दिनपछि रोग नसर्ने र लक्षण भएकाबाट पनि १० दिन पछि रोग नसर्ने जनाएका छन् । डा ढुंगेलले होम आइसोलेसन बस्दा चिकित्सकीय निगरानीमा रहन र स्वास फेर्न गाह्रो भएमा, अक्सिजन लेभल ९४ भन्दा कम भएमा, ज्वरो नघटेमा, टाउको दुखिरहेमा, रिंगटा लागिरहेमा र अन्य जटिल स्वास्थ्य समस्या महसुस भएमा तुरुन्त अस्पताल आउँन पनि आग्रह गरेका छन् । कोभिडको मृत्यु दर धेरै कम भएकोले मर्छुकी भन्ने डर नराख्न उनले आग्रह गरे ।

    डा ढुंगेलले यो सिजनको हरेक रुघाखोकी वा ज्वरो कोरोना हो भन्ने ठानेर आइसोलेसनमा बस्नुपर्ने, टेस्ट गराउनुपर्ने र चिकित्सकीय परामर्स अनुसार अघि बढ्नुपर्ने बताए । उनले कोभिड हुनु सामान्य कुरा भएको तर कोभिड फैलाउनु अपराध भएको भन्दै हरेक नागरिकले सचेततापूर्वक नागरिक दायित्व पूरा गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका छन् ।

    डा ढुंगेलले बुधवार भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक एवं संचारकर्मी कपिल कस्पाल संग कुराकानी गर्दै उक्त कुराहरु बताएका हुन् ।

    कार्यक्रममा समाजका कोषाध्यक्ष तथा गायक रोशन धौभडेलद्वारा गाइएको कोभिड सम्बन्धी गीत “सचेत रहौ”को बिशेष प्रशारण पनि गरिएको थियो । उक्त अवसरमा सहभागीहरुलाई सचिब अल्बर्ट बज्राचार्यले स्वागत गरेका थिए भने समाजका अध्यक्ष प्रविण शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...