News Portal

  • कोभिड महामारीका बाबजुद कुनै दिन पनि रोकिएन भक्तपुर क्यान्सर अस्पतालको सेवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ जेठ २०७८
    ८८३ पटक
    भक्तपुर, ३१ जेठ २०७८

    भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो ।

    कतिपय अस्पतालले कोभिडको बहानामा उपचार स्थगित गरिरहँदा भक्तपुर क्यान्सर अस्पतालले भने कोभिड वार्ड नै बनाएर क्यान्सरका बिरामीको उपचारमा कमी हुन दिएन । निषेधाज्ञाका बाबजुद अस्पतालमा दैनिक औषतमा एक सय माथि नयाँ बिरामीहरु उपचार सेवाका लागि आउने गरेका अस्पतालका कार्यकारी निर्देशक प्राडा विष्णुदत्त पौडेल बताउँछन् । नयाँ बिरामीमध्ये धेरैजसो बिरामीलाई भर्ना गरी उपचार गर्नुपर्ने उनले बताए ।

    कोभिड संक्रमणको यो विषम परिस्थितिमा समेत आफूहरुले  कुनै दिन पनि सेवा नरोकेको प्राडा पौडेलले जनाएका छन् । संक्रमण पुष्टी भएका क्यान्सरका बिरामीलाई राख्न अस्पतालले छुट्टै कोभिड वार्ड नै बनाएर उपचार गरिरहेको उनले जानकारी गराए । कोभिड वार्डमा १ दर्जन बढी कोभिड भएका क्यान्सर पेसेण्ट हुँदा पनि अस्पतालमा अक्सिजन अभाव हुन नदिएको उनले बताए । प्राडा पौडेलका अनुसार कोभिड संक्रमित क्यान्सर बिरामीको संख्या भने अहिले घटेर २ जनामा झरेको छ । प्राय उपत्यका बाहिरका बिरामी आउने र कोभिड भएको बिरामीलाई बस्न ठाउँ नपाइने समस्या देखेपछि अस्पतालले कोभिड वार्ड बनाएको हो । यद्यपी, आफूहरुले कोभिड संक्रमितका लागि समेत नियमित उपचार सेवा नरोकेको र जोखिमका बाबजुद बिरामीको सेवामा अस्पतालका चिकित्सक र कर्मचारी समर्पित भएको प्राडा पौडेलले दावी गरे ।

    अस्पतालको नेतृत्व गरिरहेका क्यान्सर विज्ञ प्राडा विष्णुदत्त पौडेलको कुशल नेतृत्वका कारण अस्पतालले आफ्नो सबै सेवा सुचारु गर्न सकेको चिकित्सकहरु बताउँछन् । गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएकाे अस्पतालको व्यवस्थापन सरकारले अस्पताल विकास समिति मार्फत संघीय सरकार मातहत ल्याएपछि काम गर्न सहज भएको बताइएको छ । समस्या समाधानमा सरकारी संयन्त्र  परिचालित हुने हुँदा पहिले भन्दा अहिले काम गर्न सहज भएको कार्यरत कर्मचारीहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...